इटहरी । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार नगर भित्रका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षकहरूका लागि दुई दिने विषयगत कार्यशाला आयोजना गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार आधारभूत तह कक्षा १ देखि ८ सम्म अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न विद्यालयहरूको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो। बिहीबार र शुक्रबार गरी २ दिन सम्म जारी रहने कार्यशालामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयका शिक्षकहरू सहभागी छन्। कार्यक्रमलाई व्यवस्थित बनाउन
इटहरी । धरानस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले वैशाख ९ गते ’एम.एच. लाउन्ज एण्ड बार ’ मा पहिलो पटक “हस्पिटालिटी अनवाइन्ड पार्टी” आयोजना गरिएको छ । लामो समयको अध्ययन, प्रयोगात्मक कक्षा र परीक्षाको व्यस्त तालिकाबाट विद्यार्थीहरूलाई थकाइ मेटाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लाइभ म्युजिक, स्वादिष्ट परिकार तथा पेय पदार्थका साथै डिजे सेसन, फ्लेयरिङ र मिक्सोलोजी जस्ता हस्पिटालिटी क्षेत्रका आकर्षक कलाहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विविध प्रतिभाहरू प्रस्तुत गर्दै माहोललाई थप उत्साहपूर्ण बनाएका थ
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर ३ सांसद अशोक कुमार चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्न तथा समाधानको पहल गर्न सचिवालय कार्यालय सञ्चालनमा ल्याउनुभएको छ । सुनसरीको दुहबीमा दुई कोठे भवन भाडामा लिएर सचिवालय कार्यालय सञ्चालन गरिएको हो। बिहीबार रिबन काटेर सांसद चौधरीले कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँका अनुसार जनताका गुनासा, समस्या र सुझाव संकलन गरी समाधानका लागि पहल गर्ने उद्देश्यले कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको हो। सचिवालय मार्फत नागरिकका समस्या व्यवस्थित रूपमा टिपोट गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्ने प्र
इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन भएको छ । बुधबार ईटहरीमा आयोजित एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘मालती मंगले’ को टिमले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा कलाकारहरू विजय बराल, वर्षा राउत, रामकृष्ण ढकाल, मेक्सम गौडेल तथा गायिका सलिना बिक लगायतको सहभागिता रहेको थियो। उनीहरूले संयुक्त रूपमा बोर्डको ब्यानर अनावरण गर्दै कार्यालय उद्घाटन गरेका थिए । नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएसँगै शाखाको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय इटहरीको पश्चिम लाइन, ट्राफिक प्रहरी कार्यालय अगाडि र
इटहरी । इटहरी उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा प्रयोग हुँदै आएका अल्फासाइपरमेथ्रिन र अल्फामेथ्रिन र मालाथिनजस्ता विषादी प्रयोग गरी फगिङ ९धुवा उडाउने० कार्य नगर्ने निर्णय गरेको जनाएको छ। उपमहानगरले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विषादी तथा पेट्रोलियम पदार्थको धुवाँ जनस्वास्थ्यका हिसाबले उपयुक्त नरहेको भन्दै तत्काल यस्तो कार्य नगर्ने स्पष्ट पारेको हो। कार्यवाहक नगर प्रमुख संगीता कुमारी चौधरी द्वारा जारी विज्ञप्तिमा अत्यधिक गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। विशेषगरी घर बाहिर निस्कँदा सम्भव भएसम्म पूरै शरीर ढाकिने लुगा लगाउने, सुत्दा
इटहरी। १३औँ संस्करणको रारा रनिङ्ग गोल्डकप फूटबल प्रतियोगिता यही वैशाख १८ देखि २२ गतेसम्म हुने भएको छ । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीस्थित पुण्य माविको खेल मैदानमा हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । जसमा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाडाँबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौँ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ । प्रतियोगितामा विजेता टोलीले सात लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउने रा
इटहरी । सुनसरीको गढी गाउँपालिका–२ छप्कीस्थित गोरखनाथ आधारभूत विद्यालयले चालु शैक्षिक सत्रदेखि शैक्षिक सुधार अभियान सुरु गरेको छ। विद्यालयमा सञ्चालन गरिएको उक्त अभियान र अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि अभिभावकदेखि शिक्षक तथा सरोकारवालासम्मले प्रतिबद्धता जनाएका छन्।विद्यालय व्यवस्थापन समिति, शैक्षिक सुधार अभियान समिति, शिक्षक तथा अभिभावकसहित सरोकारवालाहरूको सर्वपक्षीय बैठकले युवाहरूले थालेको शैक्षिक सुधार अभियानलाई सबैले साथ र सहयोग गर्ने निर्णय गरेको छ। गरिब, विपन्न तथा दलित–मुसहर समुदायका बालबालिकाका लागि पनि सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमको निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यसहित अ
इटहरी। विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आउनुभएको छ । स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउनुहुन्छ । पचासदेखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किन्नुभयो । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोड्नुभयो । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने
इटहरी। यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले जानकारी दिनुभयो । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको
इटहरी । नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरुले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् । मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिनुभयो । यसले मुन्दुम पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा भाग लिँदै मुन्दुम भ्रमण गर्न पाएकामा अन्तरराष्ट्रिय स्रस्टाहरु खुसी देखिएका थिए । सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरुलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.