All Posts By कोशी प्रेस

    Showing ५,५२१-५,५३० of १२,९७८ items.
  • सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि उडान

    इटहरी ।  पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिनुभयो । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्

    • प्रकाशित मितिः असार १२, २०८२
    • २०८ पटक पढिएको
  • इटहरी लेडी जेसीजको आयोजनामा लागू औषध दुरुपयोगविरुद्ध दुईदिने सचेतना कार्यक्रम

    सुनसरी | अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको अवसर पारेर इटहरी लेडी जेसीजको आयोजनामा तथा इटहरी वडा नं. १२ को सहकार्यमा दुईदिने विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खनारस्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको छ ।कार्यक्रमको औपचारिक उद्घाटन इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी वडा नं. १२ का वडा अध्यक्ष भुवन पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पोख्रेलले लागू औषध दुरुपयोग वर्तमान पुस्ताको भविष्यमाथिको गम्भीर संकट भएको उल्लेख गर्दै विद्यालयस्तरमै सचेतना फैलाउनु अत्यन्त आवश्यक भएको

    • प्रकाशित मितिः असार १२, २०८२
    • ५५८ पटक पढिएको
  • छात्रावासको बजेट कुन नेताले ल्याए ? फेसबुकमा चर्कियो श्रेयको पोस्ट–युद्ध

    मिलन अधिकारी इटहरी, सुनसरी । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा छात्रावास भवन निर्माणका लागि संघीय सरकारबाट १ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो समाचार सार्वजनिक भएसँगै क्याम्पसका विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित देखिएका छन् । तर, राजनीतिक नेताहरूको श्रेय लिने होड भने फेसबुकमा ’भवनको नक्शा’ भन्दा अगाडि पुगिसकेको छ ।“कसको पहलमा बजेट आयो?“ भन्ने प्रश्न अहिले इटहरीका डिजिटल गल्लीमा मूल बहसको विषय बनेको छ । कोही सांसदलाई श्रेय दिन्छन्, कोही नगर प्रमुखलाई धन्यवाद दिन्छन्, अनि कोही भन्छन्– ’म नै अगाडि लागेँ!’पहिलो पक्ष : सांसदको सिफारिस देखाउँदै दाबी  सुनसरीबाट समानुप

    • प्रकाशित मितिः असार ११, २०८२
    • ७१४ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकाले फुसको छानो हटाउने अभियानलाई प्राथमिकता दिएर बजेट ल्यायो

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिका सम्पूर्ण घरहरूलाई फुसको छानो हटाउने अभियानलाई प्राथमिकता राखेर बजेट ल्याएको छ ।मंगलबार बसेको गाउँपालिकाको १८ औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८२/८३ को बजेटमा गाउँपालिका सम्पूर्ण घरहरूलाई फुसको छानो हटाएर जस्ता पाता वितरण गर्ने योजनाका साथ बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित आर्थिक वर्षका लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा

    • प्रकाशित मितिः असार ११, २०८२
    • ६३३ पटक पढिएको
  • पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी

    इटहरी । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् । वरिपरि हुर्कंदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन् । सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना पानी जम्ने पोखरी र पोखरीभरि पानी रातो देखिने राता माछा देखिन्छन् । करिब एक हजार ५०० मिटर उचाइमा यो पोखरी अवस्थित छ । जिल्लाको

    • प्रकाशित मितिः असार ११, २०८२
    • २६३ पटक पढिएको
  • सुनसरीका चार स्थानीय तहको बजेट सार्वजनिक

    इटहरी । सुनसरीका चार स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । इटहरी उपमहानगरपालिकासँगै हरिनगर, देवानगञ्ज, गढी र बर्जु गाउँपालिकाले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२(८३ मा चालु आर्थिक वर्षभन्दा रु एक अर्ब २५ लाख कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा रु दुई अर्ब ५५ करोड २१ लाखको बजेट सार्वजनिक गरेको इटहरीका उपप्रमुख सङ्गीता चौधरीले बताइन्। चालुतर्फ रु एक अर्ब चार करोड ११ लाख १० हजार र पुँजीगत तर्फ रु एक अर्ब ५० करोड १९ लाख ९० हजार गरि जम्मा रु दुई अर्ब ५५ करोड २१ लाखको बजेट सार्वजनिक गरेको चौधरीले बताइन्। आन्तरिक

    • प्रकाशित मितिः असार ११, २०८२
    • २९५ पटक पढिएको
  • भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

    इटहरी । जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् । षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुदाँ जिल्लालाई घोषणा गर्न नसकिएको उनले बताए। भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवदुङमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमे

    • प्रकाशित मितिः असार ११, २०८२
    • २६० पटक पढिएको
  • पथरी नगर अस्पतालको वार्षिकोत्सवमा निःशुल्क दन्त शिविर

    इटहरी । पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे वडा नं. २ को छ्यालिस बिघेमा  नगर अस्पतालको छैटौ स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो ।  शिविरमा ९८ जना बिमारीहरूले दाँत सम्बन्धी सेवा प्राप्त गरेको पथरी नगरअस्पतालका प्रशासन प्रमुख याम खड्काले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारी एल्डिना गुरुङलाई सम्मान–पत्र, दोसल्ला र नगद  १० हजार पुरस्कार सहित सम्मान गरिएको छ । यसै गरी,

    • प्रकाशित मितिः असार ११, २०८२
    • २४९ पटक पढिएको
  • ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम राष्ट्रिय माविमा सुरु

    इटहरी । विद्यालयबाटै शिक्षालाई व्यवहारिक बनाएर स्वदेशमै काम गर्ने वातावरण तयार गर्न इटहरी १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम सुरु भएको छ । यसका लागि बुधबार कक्षा १० का ३० जना विद्यार्थीको पाँचवटा समूहमध्ये तीनवटा समूह चयन गरिएको छ ।  इन्सियूर÷हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरुलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत व्यवसायिक योजना निर्माण तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रममा तीनवटा समूह चयन गरिएको स्रोत शिक्षक युवराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुले गर्ने कार्यको प्रस्ता

    • प्रकाशित मितिः असार ११, २०८२
    • २१४ पटक पढिएको
  • सुन्दरहरैँचाको १ अर्ब ७१ करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक, सामाजिक र पूर्वाधार विकासलाई प्राथमिकता

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  नगर उपप्रमुख अकली चौधरीले नगरसभाको १६ औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासतर्फ ६१ करोड ३७ लाख, सामाजिक विकासतर्फ ४६ करोड १२ लाख २ हजार, आर्थिक विकासतर्फ २ करोड ८६ लाख, वन तथा वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ७५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ । बहुवर्षीय योजनाहरूको कार्यान्वयनका लागि ६ करोड ३ लाख ५७ हजार १ सय ८०, वडागत बजेट अन्तर्गत चालु खर्चतर्फ ३ करोड ७६ लाख ८८ हजार र पुँजीगततर्फ १४ क

    • प्रकाशित मितिः असार ११, २०८२
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]