इटहरी । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै समय दक्षिण एसियामै उपचार, अनुसन्धान र अध्यापनका लागि प्रतिष्ठित मानिन्थ्यो । तर अहिले आलोचनाको ओइरो लाग्ने गरेको छ । बेतिथी मौलाएको छ, अनियमितताको जालो झाँगिँदै गएको छ । कुनै समय प्रशंसाको भागेदार बनेको प्रतिष्ठानमाथि आलोचनाको ओइरो लाग्ने गरेको छ । यस्तो अवस्थामा प्रतिष्ठानको उपकुलपतिको रुपमा भर्खरै हाडजोर्नी विशेषज्ञ प्रा. डा. विक्रम श्रेष्ठ नियुक्त हुनुभएको छ । उनलाई प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २८ गते उपकुलपतिमा नियुक्त गरेका हुन । प्रा. डा. श्रेष्ठको नियुक्तिसँगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खस्कँदै गएको साख जोगिने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानको गरिमा जोगाउने र बेतिथीको अन्त्य गर्ने दृढ संकल्प र विश्वास बोकेर उपकुलपतिलाई एकातिर प्रतिष्ठान सुधार्ने अवसर छ भने अर्कोतिर चुनौतीका अग्ला पहाडहरुले उनको यात्रालाई सहज बनाउने भने देखिँदैन । तथापी उहाँको नियुक्तिसँगै प्रतिष्ठानले एक इमान्दार, स्पष्ट वक्ता र कुशल नेतृत्व भने पाएको छ । उहाँको नेतृत्व गर्ने क्षमताले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुहार पक्कै पनि फेरिनेछ अपेक्षा गरिएको छ । प्रा.डा. श्रेष्ठलाई उपकुलपतिको रुपका पाउनु प्रतिष्ठान, धरानबासी, समग्र चिकित्सा क्षेत्रकै लागि एक उत्साह र आशाको रुपमा लिइएको छ । ‘धरानको लागि उत्प्रेरक व्यक्ति हुनुहुन्छ, उहाँले गर्न सक्ने काम धरै छन्।’, सुवास पौडेल भन्नुहुन्छ,‘ अस्पताल सुधार गर्नुपर्यो । जनताले दुःख पाइरहेका छन्, स्वास्थ्य सेवा छिटो र छरितो तरिकाले उपलब्ध गराउनु पर्यो। उहाँले गर्नुहुन्छ भन्ने आशा छ ।

प्रा.डा. श्रेष्ठसँग बिपी प्रतिष्ठानको प्राध्यापक, परीक्षा डिन र रेक्टर सम्मको अनुभव छ । विपी प्रतिष्ठानको उपकुलपति दौडमा ४ जनाको नाम सिफारिश भएको थियो । तीन जनाको नाम मात्र सिफारिश गर्ने विगतको चलनविपरीत सर्च कमिटीले विपी प्रतिष्ठानको उपकुलपतिमा चार जनाको नाम पठाएको थियो । अन्तरर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा।डा।रोहित यादवको नाम सर्च कमिटीले तय गरेको थियो । तर, प्रा.डा.श्रेष्ठलाई पनि सिफारिशमा छुटाउन नहुने भन्दै चर्को दबाब र लविङ भएको थियो । यसैको परिणाम स्वरुप सरकारले धराने जनता र प्रतिष्ठानको माग अनुसार प्रा।डा।श्रेष्ठलाई उपकुलपतिमा चयन गर्नु गर्भको बिषय भएको कोशी प्रदेश संसाद माननिय यशोदा कायस्थको भनाई छ । कायस्थ भन्नुहुन्छ,‘समाजको लागि केही दिउँ भन्ने खाल्को राम्रो मान्छे पदमा आउनुभएको छ । विपि प्रतिष्ठानलाई सुरुवातमा झैँ बनाएर लाने उहाँको प्रतिवद्धता पनि छ ।

Capture 28

 प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा।डा। श्रेष्ठले साउन ३० गते पदभार ग्रहण गर्नुभएको थियो। उपकुलपति श्रेष्ठलाई प्रतिष्ठानस्थित उपकुलपति कार्यालय परिसरमा शिक्षाध्यक्ष प्रा।डा। सञ्जिव शर्मा, रजिष्ट्रार प्रा।डा। सुर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा।जगतनारायण प्रसादसहित कर्मचारी, चिकित्सकहरुले भव्य स्वागत गर्नुभएको थियो । पदभारपछि न्यूज २४ सँगको पहिलो कुराकानीमा उपकुलपति श्रेष्ठले आफु प्रतिष्ठानको पुरानो मान्छे भएकै कारण प्रतिष्ठानको गिरेको मनोबल उठाउने प्रतिवद्धता जनाउनुभयो। साथै सबैभन्दा ठुलो समस्याको जड कर्मचारी र प्रशासनबिचको बेमेल भएको बताउदै श्रेष्ठले ४ जना बिभागिय प्रमुखसँग मिलेर काम गर्ने बताउनुभयो। श्रेष्ठ इमान्दार, निर्णय गर्नसक्ने र हालसम्म विवादमा नपरेका चिकित्सक हुनुहुन्छ। त्यसैले जालो जसरी अल्झिएको विपी प्रतिष्ठानको समस्या क्रमश उहाँले फुकाउने अपेक्षा गरिएको छ । त्यसका लागि प्रतिष्ठान भित्रको शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र कर्मचारी बिच उपकुलपतिको दरिलो समन्वय र सहकार्य अति आवश्यक छ ।