इटहरी | पूर्वी नेपालमा फ्लेयर बारटेन्डिङ कला र रात्रिकालीन जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ को दोस्रो संस्करण सम्पन्न भएको छ।इटहरीको रोयल रिसोर्टमा सम्पन्न प्रतियोगिता इलाइट बारटेन्डिङ एकेडेमी, इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि., काठमाडौं को संयुक्त आयोजनामा गरिएको हो। यस प्रतियोगितामा नेपालका विभिन्न स्थानहरूबाट आएका २२ जना फ्लेयर बारटेन्डरहरूले सहभागी जनाएका थिए। उनीहरूले बारटेन्डिङ सम्बन्धी आफ्ना सीप, रचनात्मकता र प्रस्तुतीकरण कौशल प्रस्तुत गर्दै दर्शक र निर्णायकको मन जितेका थिए।प्रतियोगिताको अन्तिम परिणामअनुसार रमेश थापा पहिलो, नवीन धामी
प्रमिला घिमिरे विगत धेरै वर्ष पहिलेको कुरा हो, जब म विद्यालयमा पढ्थें। मेरा साथीहरू साँच्चै मिलनसार थिए—हामी हरेक समय सँगै हाँस्थ्यौं, खेल्थ्यौं, अनि जीवनलाई रमाइलो ठान्थ्यौं।एक दिन साथीहरूको लहैलहैमा परेर हामीले नयाँ होटेलमा खाजा खाने योजना बनायौं। त्यो ठाउँमा केटा–केटी सबैजना जम्मा हुने गथ्र्यौं। हामी भर्खरै किशोरावस्थामा प्रवेश गरेका थियौं—उमेरको त्यो मोड जहाँ सहमतिभन्दा बढी साथीको प्रभाव चल्ने गर्छ।त्यही ग्रुपका दुई–चार जना साथीहरू चुरोट खान्थे। म खासै चासो दिँदिनथेँ। तर एकदिन उनीहरूले "आज तिमी पनि तान्नैपर्छ" भनेर जबरजस्ती गरे। मैले 'नाइँ' भनेँ तर उनीहरूको हाँसो र दबाबले गर्दा मैले ए
इटहरी । बराहक्षेत्र नगरपालिका वडा –१० मा लागू औषध दुब्र्यसन र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लागू औसध दुब्र्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नाराका साथ प्रशिक्षण तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको हो । समाजसेवि रेशु तामाङको संयोजनमा सम्पन्न कार्यक्रममा ४५ जना बिद्यार्थी उपस्थित रहेका थिए । कार्यक्रममा संयोजक तामाङले लागुऔषधले व्यक्तिको जीवनमा सामाजिक, शारीरिक र मानसिक असर पार्ने बताउनुभयो । लागुऔषध प्रयोगको समस्या दिन प्रतिदिन बढी रहेकाले राष्ट्रलाई नै ठूलो क्षति पु¥याउँने उहाँको भनाई छ । बराहक्षेत्र नगरपालिका नगर उपप्रमुख न
इटहरी । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला कार्यसमितिलाई दुई बुदे परिपत्र जारी गर्नुभएको छ । अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी द्वारा गठित दलको पाचौं महाधिवेशन निर्देशन समितिको निर्देशन अनुसार परिपत्र जारी गर्नुभएको हो । जिल्लाको वडा ,पालिका,प्रदेश सभा क्षेत्र ,प्रतिनिधिसभा क्षेत्रमा सदस्यता लिन छुट भएकाहरुलाई ध्यानमा राखी २०८२ असार १५ गते सम्म पुर्णकालिन सदस्यता फाराम वितरण गरेपश्चात मात्र अधिवेशन गर्न जिल्ला कार्यसमितिहरुलाई अध्यक्ष गुरुङले निर्देश्न दिनुभएको छ । अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी र महाधिवेशन निर्देशन समितीसंग समन्वय गरी दलको पाँचौ महाधिवेशन छिट्टै स
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीका निम्ति शुक्रबार एक दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सञ्चालन गरेको छ । विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा व्यवहारिक अभ्यास लेखनका लागि तालिम आयोजना गरेको हो । तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थी सहित विभिन्न विधाका ६ जना संयोजक शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । तालिम समापन समारोह विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको अध्यक्षमा भएको थियो । सो क्रममा उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग गर्ने उहाँले बत
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणमा संवेदनशील रहेको बताएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रूपमा शुक्रबार विराटनगरमा आयोजित ट्राफिक सप्ताह–२०८२ को शुभारम्भ गर्दै उनले सरकार आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न बनाउँदै दुर्घटना न्यूनीकरणका लागि काम गरिरहेको बताए। मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक कार्यालयले आगामी साउन १ गतेदेखि सवारी दुर्घटना न्यूनीकरण गरेका कामलाई सार्
इटहरी । “सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना” भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको यो सप्ताह सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित रहेको जनाइएको छ । विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभात फेरी ¥याली सिटी हल पुगेर सम्पन्न भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी गरे । उनले “सुरक्षित यात्रा” शीर्षकको श्रव्य दृश्य सामाग्री सार्वजन
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एक अत्यन्तै महत्त्वपूर्ण, प्राज्ञिक र अनुसन्धानमूलक सांस्कृतिक ग्रन्थ प्रकाशित भएको छ। ‘टेम्केमैयुङ गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन’ शीर्षकको यस ग्रन्थले न केवल गाउँपालिकाको सांस्कृतिक पहिचान र सम्पदाको अभिलेखीकरण गरेको छ, बरु जिल्लाकै सांस्कृतिक इतिहासको अध्ययनमा एक महत्वपूर्ण इँट थपेको छ। यस ग्रन्थका लेखकहरू डा. भक्त राई र शुभ मुकारुङ हुन्।ग्रन्थमा टेम्केमैयुङ गाउँपालिकामा बसोबास गर्ने विभिन्न जातजातिका—राई, क्षेत्री, बाहुन, विश्वकर्मा, नेवार, मिजार, तामाङ, परियार, भुजेल, मगर, गुरुङ र सन्यासी—को सांस्कृतिक इतिहासको गहिरो अध्ययन गरिएको
इटहरी । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८० र ८१ को तुलनामा आव २०८१ र ८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ । आव २०८०र८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१ र ८२ मा ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार अहिले किसानले हाइब्रिड प्रजातिको हिउँदे मकैखेती गर्दै आएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का किसान रोशन गुप्ताले दुई बिघा बाँझो जमिनमा हिउँदे मकैखेती गर्दा ९० क्विन
इटहरी । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सञ्चारकर्मीहरूको सहयोग बिना कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल बनाउन नसकिने बताउनुभएको छ । शुक्रबार मोरङको लेटाङमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रायलको पर्यटन कार्यालय धरानको सहयोगमा भएको पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री मण्डलले यस्तो बताउनुभएको हो । मन्त्री मण्डलले कोशी प्रदेशमा धार्मिक पर्यटनको उच्च सम्भावना रहेको उल्लेख गर्दै धार्मिक पर्यटनका माध्यमबाट राष्ट्र पुँजी निर्माण गर्न सकिने बताउनुभयो ।उहाँले हामीसँग भएका रामसार क्षेत्र, आरक्षण क्षेत्रको प्रचार हुनसके भारत र तेस्रो देशबाट आउने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.