इटहरी । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हाम्रो समाज धेरै जसो नकारात्मक तर्फ बढी रहेको बताउनुभयो । सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेपालको अहिलेको सन्दर्भमा मिडिया, सामाजिक सञ्जालहरु लगायत हाम्रो अभिव्यक्तिहरु समेत हेर्दा हामी नकारात्मक तर्फ बढी आकर्षित भइरहेको देखिएको उहाँले बताउनुभयो । यसको अर्थमा नकारात्मक मात्र भन्ने होइन हामी बढी मात्रमा कता तिर छौं भन्ने तर्फ सोच्नेबेला भएको र हाम्रो सोचलाई पनि बदल्ने बेला भएको उहाँले बताउनुभयो ।धरानको विकासका लागि सबै पाटीहरु एक भएर लाग्नुपर्ने र के कहाँ कसरी को चुकेको छ भनि मनन गरी अगाडि बढे धरानको विकास हुने मन्त्री कार्कीले बताउनुभयो ।

धरानको सबैभन्दा ठुलो समस्या खानेपानि हो यसका लागि पनि  सुरुङमार्गबाट पानि ल्याउन अध्ययन प्रकृया अगाडि बढिरहेको बताउनुभयो । यो सफल भए धरानको खानेपानि समस्या हट्ने उहाँले बताउनुभयो । दुई दलिय सरकारबाट गत वर्षभन्दा २५ प्रतिशतले राजस्व बढेको छ भने निर्यातमा गत वर्षको भन्दा ८३ प्रतिशतले वृद्धि भएको बताउनुभयो । अहिलेको सरकारले मौद्रिक निति ल्याउँदा पनि राम्रो र पहिलो पटक असारमा नै धेरै राम्रो मौद्रिक निति आएको बताउनुभयो । यस वर्ष निति र बजेट दुवै राम्रो आएको छ । राम्रो निति र बजेट मात्र आएर हुन्न कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघको नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना  दिँदै कोशी प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता मन्त्री कार्कीले दिनुभएका छ । कार्यक्रमा सांसदद्वय यशोदा कायस्थ, रमेश बस्नेत, विजय राई, निवर्तमान अध्यक्ष विजय श्रेष्ठ, पूर्व प्रमुख तिलक राई लगायतहरुको उपस्थिति रहेको थियो ।