All Posts By कोशी प्रेस

    Showing ५,८०१-५,८१० of १२,९७८ items.
  • हेवाखोलामा बेलिब्रिज जोडिँदै

    इटहरी । मेची राजमार्गमा पर्ने हेवाखोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नु परेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाममार्फत पुनः जडानका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाइएको हो । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । त्यसमध्य

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ३१४ पटक पढिएको
  • रामधुनी नगरपालिकामा एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको आयोजना तथा नेपाली सेनाको भगवतीदल गणको समन्वयमा “अभ्यास मनसुन–५” नामक दुई दिने एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ । कार्यक्रमअन्तर्गत पहिलो दिन इटहरी उपमहानगरपालिका–१ मा भएको टेबल टप अभ्यासको क्रममा विपद् हुँदा उद्धार टोलीलाई छिटो र प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक पर्ने छोटो र वैकल्पिक मार्गको पहिचान, उपलब्ध उद्धार सामग्रीहरूको उपयोग, हेलिकोप्टर ल्यान्डिङ गर्न मिल्ने स्थानहरूको छनोट लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले विपद् व्यवस्थापनका क्रममा सबै संयन्त्र एकजुट भएर

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १९९ पटक पढिएको
  • झापामा भैँसी चोरी गर्ने एक व्यक्ति पक्राउ

    इटहरी । झापामा किसानको भैसी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–६ का खगेन्द्र कार्कीको पगाह लगाएको भैँसी चोरेर बिक्री गर्न लागेको अवस्थामा स्थानीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको भैँसी चोरी गरेर बिक्री गर्न लागेको अवस्थामा १९ वर्षीय बिनोद बनियाँलाई पक्राउ गरिएको छ । बनियाँले भैँसी चोरेर झापा गाउँपालिका र बाह्रदशी गाँउपालिकाको सिमानामा रहेको बिरिङ खोला पुर्‍याएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बनियाँले भैँसी खरिद गर्ने व्यापारीहरुलाई बोलाई सस्तोमा भैँसी बिक्री गर्न खोज्दा स्थानीयले भैँसी चोरेर ल्याए

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १४१ पटक पढिएको
  • झापामा तीन जना मृत फेला

    इटहरी । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १३० पटक पढिएको
  • भतिजलाई आफ्नै काकाले घरवारविहीन बनाउन लागेपछि……

    बिराटनगर | मोरङको सुन्दरहरैंचा - ४ बलिया चोक नजिक एउटा एक तले घर छ। जुन घरमा विश्वहरि खतिवडा,पार्वति खतिवडासहित अपाङ्ग एक छोरा एक छोरी बस्दै आएका छन्। कुरा २०४९/५० साल तीरको हो आफ्नै सहोदर काका हरिकृष्ण खतिवडासँग विश्वहरिका दाजुहरुले २ लाख १५ हजारमा उक्त घरसहित दुई कठ्ठा जग्गा किने। विश्वहरिका अनुसार आफ्नै सहोदर साइला काका रहेका हरिकृष्णले उक्त घर जग्गा म पछि तिमीहरुलाई पास गरिदिन्छु भनेर छाडिदिए। हरिकृष्ण त्यति बेला प्रशासन हुँदै प्रमुख जिल्ला अधिकारी भएका थिए। उनी विश्वहरिको दाजुभाईको बिहेमा पनि त्यहिँ घरमा आए। सबै दाजुभाइले विश्वहरिको आर्थिक अवस्था अलिक कम्जोर भएको र छोरा छोरी पनि अपाङ

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ४३१ पटक पढिएको
  • सुन्दरहरैंचा वडा नं. १२ मा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

    मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा “उपभोक्ता सचेतना कार्यक्रम“ सफलता पूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजनामा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि. र सुन्दरहरैंचा नगरपालिका कार्यालयको महत्वपूर्ण सहकार्य रहेको थियो। कार्यक्रमको उद्देश्य उपभोक्ताहरूलाई आफ्नो अधिकार र कानुनी सुरक्षा सम्बन्धी जानकारी दिनु र व्यावसायिक जीवनमा उपभोक्ता बन्ने क्रममा अपनाउनुपर्ने सजगता र नैतिकता सम्बन्धी शिक्षा प्रदान गर्नु थियो।कार्यक्रमको उद्घाटन प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षतामा भएको थियो। यस कार्यक्रममा प्रमुख अतिथि स

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३७४ पटक पढिएको
  • काबेली बी–१ र क्यासकेट आयोजनाको उत्पादन सुचारु

    इटहरी । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली खोलाबाट उत्पादित काबेली बी–१ र काबेली बी–१ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन सुचारु भएको छ। आयोजनाको आन्तरिक कामका कारण बन्द भएको पाँच दिनपछि उत्पादन सुचारु भएको हो। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा उत्पादित २५ मेवागाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना र १० मेगावाट क्षमताको काबेली बी–१ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन मङ्गलबार बिहानदेखि सुचारु भएको हो। आयोजनाको आन्तरिक काम सम्पन्न भएपछि दुवै आयोजनाको उत्पादन एकसाथ सुरु भएको कम्पनी लिमिटेडका सम्पर्क अधिकृत डिल्ली सुवेदीले जानकारी दिनुभयो। सम्पर्क अधिकृत सुवेदी

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३३० पटक पढिएको
  • सोलुखुम्बुको सल्लेरीबाट ओखलढुङ्गातर्फ गइरहेको अटोरिक्सा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु

    इटहरी। सोलुखुम्बुको सल्लेरीबाट ओखलढुङ्गातर्फ गइरहेको अटोरिक्सा टेम्पो आज दुर्घटनामा परेको छ । सोलुदूधकुण्ड नगरपालिका–८ स्थित सिकारी डाँडामा दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले जानकारी दिनुभयो । टेम्पो अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको थियो । दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका एक पुरुषको घटनास्थलमै ज्यान गएको हो। घाइते भएका अन्य तीन जना पुरुषको अवस्था गम्भीर भए पनि खतरा बाहिर रहेको उहाँले बताउनुभयो । घाइतेमध्ये टेम्पो चालक राजेश विक पनि गम्भीर घाइते भएको जनाइएको

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३४६ पटक पढिएको
  • रेडस्टार माविद्वारा अभिभावक अभिमुखीकरण, विद्यार्थी उत्प्रेरणा तथा शिक्षकलाई पेशागत तालिम

    इटहरी । मोरङको पथरी वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार वडा नम्बर  २ को सिन् भिलेज पार्टी प्यालेसमा अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।  पिस ल्यान्ड ट्रेनिङ प्राइभेट लिमिटेडका प्रमुख ईश्वर श्रेष्ठले १ हजार बढी अभिभावक तथा विद्यार्थीहरूको संयुक्त भेलालाई मनोपरामर्श सहित उत्प्रेरणा जगाउदै सहजीकरण गर्नुभएको  हो । उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, अभिभावक तथा समाजसेवी देवराज भण्डारी, लर्ड

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • २९४ पटक पढिएको
  • अरुण गाउँपालिकामा व्यवसायिक बाख्रा पालनसम्बन्धी ६ दिने तालिम सुरु

    भोजपुर । अरुण गाउँपालिकाको व्यवस्थापन तथा पशु सेवा तालिम केन्द्र, दुहबी सुनसरीको आयोजनामा आधारित व्यवसायिक बाख्रा पालन तालिम हिजोदेखि प्याउलीमा सुरु भएको छ। जेष्ठ २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो तालिमले स्थानीय कृषकहरूलाई वैज्ञानिक विधिबाट बाख्रा पालन सिकाउने उद्देश्य लिएको छ।तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले उद्घाटन गर्नुहुँदै, पशुपालन जस्ता व्यावसायिक क्रियाकलापहरू गाउँको आर्थिक समृद्धिमा सहयोग  हुने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम लुईँटेल, वडा अध्यक्ष कुमार कार्की, कार्य

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]