इटहरी। झापा गाउँपालिका(१, सानो माईखोलामा डुबेर एक जना वृद्धको मृत्यु भएको छ। चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका(१, सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आइतबार बिहान सानो माईखोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्। उनी साउन ७ गते घरमा पालेको सुँगुरका लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर नफर्किएपछि खोजी गर्ने क्रममा आइतबार बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए। डोकोदेखि करिब ५० मिटर टाढा भुजेलको शव फेला परेको हो। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


