इटहरी । कृषि उपजको रुपमा रहेको लसुन पुर्वी नाँका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार दस करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरका लसुन नेपाल भित्रेको हो । यस बापत ३३ करोड ६६ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी इश्वरकुमार हुमागाईका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को सोहि अवधिमा ४० करोड सात लाख ९४ हजार रुपियाँको ३२ लाख १६ हजार २० किलोग्राम लसुन आयात भएकोमा पछिल्लो बर्ष आयत बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो गएको वर्ष मेची भन्सार काँकरभिट्टा नाका भएर लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ । तेस्रो देश चीनबाट भारत हुँदै लसुन नेपाल भित्रने गरेको छ । सबैभन्दा बढि राजस्व वृद्धि भएका १० बस्तुहरुमा लसुन पनि रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी हुमागाईले बताउनुभयो ।


