All Posts By कोशी प्रेस

    Showing ५,८७१-५,८८० of १२,९७८ items.
  • झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नोटसहित एक जना पक्राउ

    इटहरी । झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल झापाको कन्काई नगरपालिका९८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो । भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २२१ पटक पढिएको
  • कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई

    इटहरी । खोटाङको  हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल ९पान०ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो । शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताउनुभयो । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ३५० पटक पढिएको
  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    अक्षता याखा लिङ्खाइटहरी । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिनुभयो । आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्‍याएका थिए । अस्पतालका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २३५ पटक पढिएको
  • धनकुटामा ९९९ केजी गाँजा र लागु औषध नष्ट

    भावना वर्देवाइटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले नौ सय ९९ केजी अवैध लागु औषध गाँजा र प्रतिबन्धित लागुपदार्थ नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको गाँजा र लागुऔषध शनिबार बिहान आगो लगाएर नष्ट गरेको हो । प्रहरीले धनकुटा नगरपालिका–९, स्थित तमोर नदी किनारमा गाँजा र प्रतिबन्धित लागु औष नष्ट गरेको जलाएर नष्ट गरेको थियो । प्रहरीले नौ सय ९९ केजी एक सय ८ ग्राम अवैध लागु औषध गाँजा जलाएर नष्ट गरेको हो । प्रहरीले उक्त लागु औषध गाँजा र प्रतिबन्धित लागु औषध धनकुटाका विभिन्न स्थानबाट  नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्च

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २२४ पटक पढिएको
  • जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा ३ दिने सामाजिक लेखा परिक्षण तालिम सम्पन्न

    आयुशा पराजुली विराटनगर  | पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत   सञ्चालित जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक लेखा परीक्षण कार्यशाला सफलतापुर्वक सम्पन्न भएको छ। उक्त तालिम विश्वविद्यालय अनुदान आयोगको  स्वीकृति र आर्थिक  सहयोगमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको  उद्घाटन  पूर्वा विश्वविद्यालयको उपकुलपति विजुकुमार थपलियाले गरेका थिए । जहाँ प्रमुख अतिथिको रूपमा कला संकायका डीन राम प्रसाद ढकालको रहेको थियो।उक्त तालिम २१ गते वुधवारदेखि २३ गते शुक्रबारसम्म प्रत्येक दिन बिहान १० बजे देखि ५ बजे सम्म क्याम्पस परिसरमै सन्चालन थियो। क्याम्पस प्रमुख महेश

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ४२४ पटक पढिएको
  • केराबारी गाउँपालिकामा कृषकलाई घाँस काट्ने मेसिन वितरण

    केराबारी / उत्तरी मोरङको केराबारी गाउँपालिकाले मागमा आधारित कार्यक्रमअन्तर्गत  गाउँपालिकाभित्र रहेका विभिन्न सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत फर्मका सदस्यहरूलाई लक्षित गरी १७ थान मोटरसहितको घाँस काट्ने मेसिन (च्यापकटर) ७५% अनुदानमा वितरण गरेको छ।केराबारी गाउँपालिका ले आफ्ना नीति तथा योजनाअनुसार विभिन्न क्षेत्रमा बजेट छुट्याएर काम गरिरहँदा कृषकका मागका आधारमा  पशुपन्छी शाखा को समन्वयमा उक्त कृषि सामग्रीहरू वितरण गरेको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ ले बताउनुभयो ।घाँस काट्ने मेसिन वितरणसँगै कृषकहरूको काम सजिलो हुने, पशुपालन व्यवसायमा आधुनिकता ल्याउने र उत्पादकत्वमा व

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ६५३ पटक पढिएको
  • विराटनगरमा महिला उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन सुरु

    इटहरी। स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । संविधान र कानुनले परिभाषित गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै स्थानीय तहहरुमा प्रमुखहरुसँग विवाद हुने, असमझदारी भई काम गर्न समस्या हुने तथा कतिपय अवस्थामा बजेट निर्माणदेखि अनेकौं समस्याहरु झेल्नु परिरहेको सन्दर्भमा त्यसलाई थप स्पष्ट बनाउने विषयमा सम्मेलनमा व्यापक छलफल गर्ने कार्यतालिका रहेको छ । राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले यसअघि विभिन्न समयमा न्यायिक समितिको अधिका

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ४०८ पटक पढिएको
  • इटहरी–५ मा लागू पदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल स्काउट कोशी प्रदेश स्काउट कार्यालयको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिका वडा नं. ५ मा लागू पदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रम इटहरी–५ स्थित ब्लुमिङ लोटस अङ्ग्रेजी माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा स्काउटर, रोभर÷रेन्जर, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा स्काउटर पुनम श्रेष्ठ (कोशी सेन्ट जेम्स स्कुल, इटहरी–९) र रेन्जर रबिना बस्नेत (इटहरी युथ ओपन क्र्यु, इटहरी–१) ल

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २६९ पटक पढिएको
  • करिब सात वर्षदेखि निर्माण रोकिएको जीपी भवनको काम थाल्न तीन करोड बजेट

    भावना वर्देवाइटहरी ।  झापा सदरमुकाम भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जीपी भवनको निर्माण कार्य सुरु हुने भएको छ। करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य सुरु हुने भएको हो। भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयमार्फत तीन करोड रूपैयाँ बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए। बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम सुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उनले बताए। खरिद ऐन १४औँ संशोधनसँगै जीपी भवन निर्माणमा देखिएको कानूनी बाधासमेत हटेको नगरप्रमुख पोखरे

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ३०१ पटक पढिएको
  • खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित ९ जनाविरुद्ध मुद्दा दायर

    इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत ९ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी एवं गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको आरोप पत्र दायर गरेको छ । अख्तियारले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ स्थित कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित २५ लाख ५० हजार रकममा अनियमितता गरेको आरोपमा शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले आरोप पत्रमा जिल्ला शिक्षा कार्यालयले तयार पारेको लागत इष्टिमेटको आधारमा स्थलगत चेकजाँच गर्दा भवन निर्माण कार्यमा इष्टिमेट अनुसार गुणस्तरको सा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ३१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]