इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित राजाबाट घाटमा नुहाउने क्रममा एक बालक वेपत्ता भएका छन्। भोक्राहा नरसिंह गाउँपालिका–१ का अन्दाजी १३ वर्षीय दिपेश मेहता (कालू) सोमबार दिउँसोदेखि वेपत्ता भएका हुन्। उनी रामबिलास मेहताका छोरा हुन्। परिवारका अनुसार दिपेश साथीहरूसँग राजाबाट घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पानीमा डुबेर बेपत्ता भएका थिए। घटना भएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीहरूले खोजी कार्य सुरु गरे पनि हालसम्म फेला पार्न सकिएको छैन।

स्थानीय प्रशासनले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। घटनाले स्थानीयवासी तथा दिपेशको परिवारलाई अत्यन्त पीडा दिएको छ। सुनसरीमा यसरी बालबालिका खोलानाला तथा नदीमा डुबेर वेपत्ता हुने घटना दोहोरिन थालेकोप्रति चिन्ता व्यक्त गरिएको छ। अभिभावकहरूले बालबालिकालाई जोखिमयुक्त स्थानमा एक्लै जान नदिई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।