All Posts By कोशी प्रेस

    Showing ५८१-५९० of १२,६८८ items.
  • विद्यार्थीमाथि अमर्यादित व्यवहार गरेको आरोपमा सुन्दरहरैँचाको सुकुना माविका शिक्षक मास्के पक्राउ, अन्य दुई कर्मचारीसहित ३ जना निलम्बनमा

    इटहरी। मोरङको सुन्दरहरैँचा नगरपालिका–स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोप लागेका शिक्षक पक्राउ परेका छन् भने घटनासँग जोडिएका तीन जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले निलम्बन गरेको छ।घटनापछि प्रहरी प्रशासनले अनुसन्धान तीव्र बनाएको छ भने विद्यालयले पनि प्रशासनिक कारबाही अघि बढाएको जनाएको छ।  इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अबिरल मास्केलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित विद्यालयका बस चालक प्रदीप भट्टराईलाई पनि नियन्त्रणमा ल

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ८५ पटक पढिएको
  • ६४ होमस्टे र ५० होटेल रहेको इलामको अन्तुमा रात्रिकालीन व्यवसाय नियन्त्रणबाहिर,अनुगमन र कारबाहीका लागि सूर्योदय नगरपालिकामा ज्ञापनपत्र दर्ता

    इटहरी । आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा परेको पर्यटकीय स्थल अन्तु क्षेत्र पछिल्लो समय अशान्त बन्न थालेको छ । व्यवसायी र स्थानीय प्रहरीबिच उत्पन्न विवादले अन्तु पर्यटकीय क्षेत्रमा बेथितिको चाङ रहेको खुलेको हो । छोटो समयमा तीव्र रूपमा विकास भई पर्यटकीय क्षेत्रका रूपमा कहलिएको अन्तु हेर्दा जस्तो छ यस क्षेत्रको व्यथा, भोग्नेका लागि अलि फरक बन्ने गरेको छ । अन्तुमा होमस्टे, होटेल र कटेज खुल्ने क्रम अत्यधिक बढेसँगै यस क्षेत्रका धेरै कुरा नियन्त्रणबाहिर गएको पाइएको छ ।  लामो समयदेखि अन्तु क्षेत्रमा सञ्चालन भएका होमस्टे, होटेल र कटेजमा आउने पर्यटकले अनेकथरी समस्या भोग्नु परेको पाइएको छ । फुर्स

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ६२ पटक पढिएको
  • मेची राजमार्गको राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्धस् सिमल गोलाई–तिल्केनी र केचना–कञ्चनजङ्घा वैकल्पिक मार्ग अलपत्र पर्दा इलाम, पाँचथर र ताप्लेजुङका नागरिक मारमा

    इटहरी  । मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग नहुँदा नगर्दा इलामसहित तीन जिल्लामा सवारीसाधन आवागमनमा समस्या हुँदै आएको छ । मेची राजमार्गको राजदुवाली सडकखण्ड दबिने क्रमसँगै पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने र यी जिल्लाबाट झापा हुँदै अन्यत्र जाने सावारीसाधन सञ्चालनमा समस्या आएको हो । मेची राजमार्गको विकल्प भए पनि विकल्प खोज्ने काममा डिभिजन सडक कार्यालय इलामसहितका सरोकारवाला निकायले ध्यान नदिँदा समस्या थप जटिल बन्दै गएको छ । माईखोला ९राजदुवाली० सडकखण्ड मर्मत सम्भव नहुने भए पनि सडक कार्यालयले गत वर्षदेखि उक्त स्थान कोट्याउन छोडेको छैन । उक्

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ६९ पटक पढिएको
  • झापामा एक वर्षमा हराएका ६५३ जना भेटिए, महिला हिंसाका सबै उजुरी फर्छ्यौट

    इटहरी। झापा जिल्लामा पछिल्लो एक वर्षको अवधिमा हराएका ६६७ जनामध्ये ६५३ जना फेला परेका छन् भने १४ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार हराएका व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको छ।प्रहरीको वार्षिक तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानबाट एक वर्षको अवधिमा ६६७ जना मानिस हराएको भन्दै प्रहरीमा हुलिया दर्ता भएको थियो। प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकारवाला निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो।यसैगरी, झापामा गत वर्ष दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १२१ पटक पढिएको
  • सुनसरीको वराहक्षेत्रस्थित श्रीलङ्का टापुमा सप्तकोशी नदीको तीव्र कटान, चिलैया र गरैयाका ६ सय घरपरिवार उच्च जोखिममा

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलङ्का टापुमा सप्तकोशी नदीले एक साता यता तीव्र कटान गरिरहेको छ । चिलैया, गरैया क्षेत्रमा नदीले दैनिक जमिन कटान गर्न थालेपछि करिब छ सय घरपरिवार जोखिममा परेका छन् । टापु संरक्षणका लागि गत हिउँदमा निर्माण गरिएका १८ वटा तारजालीसहितका ढुङ्गाको स्परसमेत नदीको कटानमा परेर डुब्न थालेका छन् ।  स्थानीय बद्री राईका अनुसार असारदेखि नै सामान्य कटान सुरु हँुदै आएको थियो । नदीले बलौटे माटो बढी बगाउने भएकाले कटान झन् तीव्र हुँदा चिलैया क्षेत्रमा लगाइएका ढुङ्गासहितको तारजालीसमेत नदीमा डुब्दै गएको छ । स्थानीय सन्तोष चन्द्रवंशीका अनुसार चिलैया र गरैया

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ६१ पटक पढिएको
  • धनकुटाको प्रसिद्ध विश्रान्ति मन्दिरसहित जिल्लाभरका धार्मिकस्थलमा साउनको पहिलो सोमबार भक्तजनको उल्लेख्य उपस्थिति

    इटहरी। साउनको पहिलो सोमबार देशभरका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। यसैक्रममा धनकुटाका विभिन्न धार्मिकस्थल तथा शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।साउने सोमबार भगवान् शिवको पूजा–आराधना गर्न भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन्। धनकुटाका विश्रान्ति मन्दिर, पाख्रीबासस्थित शिव मन्दिर र लेगुवास्थित नागेश्वर शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार विश्रान्ति मन्दिरमा धनकुटासहित छिमेकी जिल्लाबाट समेत हरेक वर्ष ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्। साउनको पहिलो सोमबार धनकुटा सदरमुक

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ५३ पटक पढिएको
  • धरानको पिण्डेश्वर बाबाधाममा सुरु भयो बोलबम यात्रा, सप्तकोशीको जल चढाउन भक्तजनको भिड

    इटहरी। धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर डाँडामा रहेको प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा बोलबम सुरु भएको छ। साउन महिनाको पहिलो सोमबारसँगै पिण्डेश्वर बाबाधाममा दर्शन तथा जलाभिषेक गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। पिण्डेश्वर बाबाधाममा राति १२ बजेदेखि नै भक्तजनको लाइन लागेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो। साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको पहिलो दिन आज यो समाचार तयार पर्दा सम्म करिब ७ हजार भक्तजनले दर्शन गरिसकेको र दिनभरमा १५ हजारभन्दा बढी श्रद्धालुले जल चढाउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो। भक्तजनको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ४० पटक पढिएको
  • यौन र प्रजनन स्वास्थ्यमा लुकेर बसेका समस्या समाधान गर्न पाँचथर अस्पतालको नयाँ कदम, गोपनीयताको पूर्ण ग्यारेन्टी

    इटहरी। पाँचथरमा यसै आर्थिक वर्षदेखि किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनको तयारी गरिएको छ । यो सेवा पाँचथर अस्पतालबाट सञ्चालन हुनेछ ।कार्यक्रम सञ्चालनका लागि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य संस्थाहरूमा आवश्यक तयारी थालिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । यस कार्यक्रमले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, कुलत नियन्त्रण तथा सुरक्षित जीवनशैली प्रवर्धनमा ठूलो टेवा पुग्ने जनस्वास्थ्य अधिकृत लवरेन्ज साहले बताउनुभयो । स्वास्थ्य कार्यालयद्वारा आयोजित ुकिशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरणु कार्यक्रममा सहज, गोपनीय, भेदभावरहित र गुणस्तरीय स्वास

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८१ पटक पढिएको
  • विदेशी गीतको बाढीमा हराउँदै खैजेडीको ताल, मौलिक भजन संरक्षणमा जुट्यो पाख्रीबास

    इटहरी। हिन्दु धर्ममा मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुँदै गएपछि धनकुटाका स्थानीयहरु संरक्षणमा जुटेका छन् ।पछिल्लो समय बढ्दो युवापुस्ताको ध्यान आधुनिकतामा र गीत सङ्गीततर्फ आकर्षण भएसँगैै संस्कृतिलाई जोगाउन धनकुटाका स्थानीयहरु खैजेडी भजन संरक्षणमा जुट्दै आएका छन् । प्रायजसो धार्मिक कार्यमा गाइने खैजेडी भजन निकै प्रचलित भए पनि पछिल्लो समय संरक्षणको अभावमा लोप हँुदैगएको पाइएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन पछिल्लो केही समय यता गाउँघरमा अपवादको रुपमा मात्र देख्न वा सुन्न पाइन्छ ।  युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा ध्या

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८२ पटक पढिएको
  • फिदिम–७ की वडा सदस्य भीमाकुमारी दुलालद्वारा आफ्नो जन्मदिनमा पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    इटहरी। पाँचथरको फिदिम नगरपालिका –७ का जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल ९बाँस्कोटा० ले आफ्नो जन्मदिनको अवसरमा पञ्चकन्या आधारभूत विद्यालय, माक्लुम्वाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।आइतबार आयोजित कार्यक्रममा उहाँले २५ जना विद्यार्थीलाई टाइ, बेल्ट तथा स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभयो । शिक्षा क्षेत्रमा बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा सदस्य दुलालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका –७ का वडा सदस्य बलबहादुर राई वडा सदस्य प्रदीप बाँस्कोटासहित शिक्षक अ

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]