All Posts By कोशी प्रेस

    Showing ५,९३१-५,९४० of १२,९९९ items.
  • झापामा यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    इटहरी । दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • २७७ पटक पढिएको
  • सङ्खुवासभामा वर्षासँगै आएको बाढीले पाँच वटा काठेपुल र सडकखण्ड बगायो

    भावना वर्देवाइटहरी । सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ । बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो। बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ । यसैबीच, केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युत्विहीन भएका छन् । बाढीले कोशी राजमार्गअन्तर्गत

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • २७७ पटक पढिएको
  • इटहरीमा १९ औं छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी | १९औं छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समिति, सुनसरीको आयोजनामा एक भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इटहरीस्थित वाइ.डी.सी. (YDC) हलमा आयोजित गरिएको थियो।उक्त कार्यक्रममा अध्यक्षता पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष  सुन्दरमणि राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टी पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सइन्चार्ज क. केशवकुमार विष्टको गरिमामय उपस्थिति रहेको थियो। कोशी प्रदेश कमिटीका सचिव जलसेर राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।कार्यक्रममा स्वागत मन्तव्य पार्टी सुनसरीका उपाध्यक्ष रेवति रोमन

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३०७ पटक पढिएको
  • ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु

    इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को आयोजनामा तीन दिने तालिम बुधबारदेखि सुरु भएको हो । विज्ञान लेखन पत्रकारिता तालिमको उद्घाटन फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख मादेनले तालिम प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । नास्टले गर्ने वैज्ञानिक गतिविधिबारे न्युन जानकारी हुने गरेको बताउनुहुँदै नगर प्रमुख मादेनले व्यापकता र चर्चामा आउनेगरी क्रियाकलाप गर्न पनि उहाँले नास्टलाई सुझाव दिनुभयो । यता तालिममा जिल्लामा क्रियाशील अग्रजसह

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २८८ पटक पढिएको
  • षडानन्द मेयर कप पुरुष भलिबल प्रतियोगिता ः उपाधि आयोजक षडानन्द नगरपालिकालाई

    इटहरी । षडानन्द मेयर कप अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक षडानन्द नगरपालिकाले जितेको छ । षडानन्द नगरपालिकाले संखुवासभाको पाँचखपन नगरपालिकालाई ३–१ को सेटमा २०–२५,२५–१७, २६–२४ र २५–२० ले पराजित गर्दै उपाधिमा कव्जा गरेका हो । जेष्ठ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशि प्रदेशका आयोजक षडानन्द नगरपालिकासँगै साल्पासिलिंछो, अरुण, आमचोक, सभापोखरी र पाँचखपन गरि ६ वटा पालिकाले सहभागिता जनाएको थियो । प्रतियोगितामा प्रथम हुने षडानन्द नगरपालिकाले नगद रु १ लाख ७५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै दित्तीय हुने पाँचखपन नगरपालिकाले नगद १ लाख ट्रफी र मेडल प्राप्त गर्दा सेमिफ

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३७६ पटक पढिएको
  • नेपाल उराँउ संघको दुहबी नगर अधिबेशन सम्पन्न, किरण कुमारी सभापति मा निर्वाचित

    इटहरी । नेपाली काँग्रेसको भातृ संघ नेपाल उराँउ संघ दुहबी नगर समितिको अधिवेशन सम्पन्न भएको छ । मंगलबार साह सेवा समितिको भवनमा प्रमुख अतिथि महासमिति सदस्य एवम नगर सभापति वेद नारायण गच्छादारले बि पी कोइरालाको तस्बिरमा माल्यार्पण र दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन  गर्नुभएको थियो । अधिवेशनबाट नेपाल उराँउ संघ  दुहबी  नगर समितिको सभापतिमा किरण कुमारी  उराउ सर्वसम्मत चयन हुनुभएको छ । उहाँसँगै ११ सदस्यीय नगरकार्य समिति चयन भएका छन् ।  उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गच्छादारले लोकतन्तको बिकल्पमा राजतन्त्र हुनै नसक्ने जिकिर गर्दै हाल नेपालमा तथाकथित राजाबादीहरुले चलाएको आन्द

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३१३ पटक पढिएको
  • ‘मिस एसईई इटहरी’ को पाँचौं संस्करण अन्तर्गत ट्यालेन्ट राउन्ड सम्पन्न

    इटहरी | किशोरीहरुको सौन्दर्य, आत्मविश्वास र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको 'मिस एसईई इटहरी' प्रतियोगिताको पाँचौं संस्करण अन्तर्गतको ट्यालेन्ट राउन्ड मंगलबार सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिका अन्तर्गत सुनसरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त चरणमा सहभागी प्रतिस्पर्धीहरूले आफ्नो विविध प्रतिभा प्रस्तुत गरी दर्शक तथा निर्णायकहरूको मन जित्न प्रयास गरेका थिए।प्रतियोगिता ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको हो, जसले युवतीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न समेत सहयोग पुर्याउने विश्वास गरिएको छ। ट्यालेन्ट राउन्डमा प्रतियोगितामा सह

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ४४९ पटक पढिएको
  • कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी, प्रथम हुनेलाई चार लाख पुरस्कार

    इटहरी । झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ। आउँदो जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नेकपा ९एमाले० कोसी प्रदेश विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी गर्न लागेको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिँदै विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताए। प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए। कोसी प्रदेशका १२ वटा जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने निश्चित भइसकेको बताइएको छ।

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २१४ पटक पढिएको
  • भोजपुरमा काँचो बाँसबाट झण्डा टाँग्दै गर्दा करेन्ट लागेर ज्यान गयो

    इटहरी । भोजपुर नगरपालिका ९ स्थितमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ९ का ४२ वर्षीय आङतेम्बा शेर्पा रहेका छन् । शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाएर टाङ्ने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाइनमा छोएर करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घट्नास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी अधिकृतसहितको टोली खटिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १५४ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङलुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

    इटहरी । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ पक्राउ परेका छन्। गुरूङले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका ३ का २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू जेठ २१ गते राति सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका तीनको तावा पुगका थिए । राति नै गुरुङ र उहाँकी श्रीमतीबिच झगडा भएपछि योगमाया लिम्बूले सम्झाईबुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर फक्ताङलुङ गाउँ

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]