सुन्दरहरैचा / एकीकृत कर्मचारी संगठनले कर्मचारीमाथि भएको दुव्र्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी अन्तरगतको एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
कर्मचारीमाथि दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गरिएको थियो । सहारा नेपाल बचततथा ऋण सहकारी संस्था अन्तरगत सेवा केन्द्र मधुमल्लामा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई सदस्यले कर्जा नबिकरण गर्ने शिलशिलामा मिक्लाजुङ गाउँपालिका–२ रचना टोलमा बोलाइएको थियो ।
सदस्य दुर्गामाया लिम्बु र माया मगरले कागजपत्र तयार गरी धरमै आएर कर्जा नविकरण गर्न अनुरोध गरी कर्मचारी बोलाएर कुर्र्सीमा राखी कुराकानी गर्न साथ पूर्व योजना अनुसार दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गर्दै भिडियो समेत बनाएर सामाजिक सञ्जालमा राखी कर्मचारीको चरित्र हत्या समेत गरेको सामाजिक सञ्जालमा राखेको भिडियोबाट प्रष्ट देखिने सदस्यहरू तथा कर्मचारीहरुले पनि बताएका छन्। मोरङ उर्लाबारीकी साकोस सदस्य गीता चौलागाईंका अनुसार आफू १३ वर्षदेखि साकोसको सदस्य भएर कारोबार गरिरहेको साकोसले आफ्नै परिवारका सदस्य झैँ गरी व्यवहार गर्ने गरिरहेको बताउँदै गलत मनसायले ऋण लिने र ऋण तिर्न नखोज्ने पनि केही केही मानिसहरु भएकोले गर्दा यस्ता समस्याहरू आउने गरेको देखिन्छ । यस्तो घृणित कार्य गर्नु गलत रहेको ले गलत कार्य गर्नेलाई कानुनी सजाय हुनुपर्ने उनी बताउँछिन् ।
उक्त घटनाले एकिकृत कर्मचारी संगठन सहारा नेपाल साकोसको गम्भीर ध्यानाकर्षण भएको छ । संस्थामा कर्मनिष्ठ भई कार्य सम्पादन गर्ने कममा यस प्रकारको निन्दनिय, निकृष्ट, अक्षम्य र अमानवीय दुव्व्र्यवहारप्रति सम्पूर्ण कर्मचारी परीवारले दुःख व्यक्त गर्दै घोर भत्र्सना गरेका छन् ।
यस घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्न साथै भिडियो सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गर्नेलाई समेत कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको लागि प्रशासन समक्ष जोडदार माग गरिएको छ । जारी बिज्ञप्तिमा एकिकृत कर्मचारी संगठन सहारा नेपाल साकोसका अध्यक्ष यादवप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।
