इटहरी । नेपाल–भारत सिमानाको सुनसरी दसगजामा सशस्त्र प्रहरी बल र भारतीय एसएसबीको संयुक्त गस्ती सुरु गरिएको छ । सीमानाकामा हुने अवैध ओसारपसार तथा मानव बेचबिखन, अवैध चोरीपैठारी र खुला सिमानाका कारण हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित संयुक्त गस्ती सुरु गरिएको हो । सशस्त्र प्रहरी बल हेड क्वाटर ४ नम्बर गणका अनुसार सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुनेस्थित भारतको भीमनगर र नेपालको हरिपुर नाकामा गस्ती सुरु गरिएको छ । सीमानाकामा मानव बेचबिखन, अवैध चोरी पैठारी र खुला सिमानामा हुने अपराध नियन्त्रण गर्ने उद्देश्यले संयुक्त गस्ती गर्न थालिएको स्थानीय देवराज यादवले जानकारी दिनुभयो । संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणमा सहयोग पुगेको सीमा क्षेत्रका सुरक्षाकर्मीको भनाइ छ । मानव बेचबिखन, अवैध चोरी पैठारी र खुला सीमामा हुने अपराध नियन्त्रणमा गस्ती प्रभावकारी भएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट भन्टाबारीका सशस्त्र प्रहरी नायब उपरीक्षक केदारजङ्ग थापाले बताउनुभयो ।
