सुनसरी | नेपाल खेलकुद महासंघ सुनसरीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा बिकल पौडेल निर्वाचित हुनुभएको छ।सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनले सर्वसम्मत निर्णयका आधारमा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा निर्वाचित भएपछि पौडेलले खेलकुद क्षेत्रको सशक्त विकास र संस्थागत सुदृढीकरणमा आफू पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभयो। "जिम्मेवारी गम्भीर छ, तर समर्पणका साथ काम गर्छु," पौडेलले अधिवेशनपछिको मन्तव्यमा भन्नुभयो।उहाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहनुभएको थियो। घोषले खेलकुद क्षे
इटहरी । खाँदबारी नगरपालिका(९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसमेत ९ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय ८० रुपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इटहरी । विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङको एकै वडाका तीनजनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सूचना अधिकारी डा। अनुपम घिमिरेका अनुसार, ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए । मनीषा र नुमाको उपचारका क्रममा मोरङको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा यसअघि नै मृत्यु भएको थियो । आइतबार बीएन्डसी अस्पतालमा लावतीको मृत्यु भएको हो ।
इटहरी । उदयपुरबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
इटहरी । धरान उपमहानगरपालिका वडा नं। १५ देवी गाँउ स्थितबाट ८२ किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई प्र। १(०२(०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । गाँजासहित पक्राउ परेका लिम्बूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । जङ्गली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । जङ्गली च्याउ पकाएर खाँदा इलामको माङ्सेबुङ – ५ का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो । जङ्गली च्याउ खाँदा सोहि स्थानका धनराज साङबाङ बिरामी पर्नु भएको छ । सूर्योदय नगरपालिकाको अन्तुमा काम गर्न जादा उनीहरुले जङ्गलबाट सङ्कलन गरेर ल्याएको च्याउ खाएको प्रहरीले जनाएको छ । च्याउ खाएको केहि समयपछि बान्ता हुने, पेट दुख्ने जस्ता समस्या भएपछि उपचारका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टम गरी आफन्तको
इटहरी । उर्लाबारी नगरपालिकामा चालु आर्थिक वर्षका विकास निर्माण लगायतका योजनाहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । नगरपालिकाले विभिन्न वडामा सञ्चालित योजनाहरूको प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न नगरस्तरीय अनुगमन टोली खटाएको छ । अनुगमन टोलीको संयोजन नगर उपप्रमुख मीना खतिवडा पौडेलले गरिरहनुभएको छ । टोलीमा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, अनुगमन समिति सदस्यहरू कृष्णमाया कडरिया, कृष्ण वर्देवा, इन्जिनियर पोखराज साह लगायतका प्राविधिकहरू सहभागी थिए । टोलीले सडक, ढल, खानेपानी, भवन निर्माण लगायतका योजनाको स्थलगत निरीक्षण गरेको छ । अनुगमनका क्रममा कतिपय योजनामा प्रगति सन्तोषजनक रहेको देखिएको छ
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । वडा नं. १० मा रहेको जिरीखिम्ती खेल मैदानमा क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि समेत रहनुभएका उप–प्रमुख काफ्लेले ब्याट वितरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलमा आयोजक डाँस मोरङ्गी क्रिकेट टिम र इस्टर्न बुलेट क्रिकेट टिम दुहवी बीच भएको थियो । पहिलो खेलमा डाँस मोरङ्गी क्रिकेट टिम बिजयी भएको थियो । इस्टन बुलेट क्रिकेट टिम दुहबीले दिएको ९५ रनको टार्गेटलाई पथरी शनिश्चरे वडा नं १० स्थित डाँस मोरङ्गी क्रिकेट टिमले ३ विकेट गुमाउँदै ११ ओभरमा ७ विकेटले
इटहरी । भोजपुर जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउपालिकाले जितेको छ । जिल्ला खेलकुद बिकास समिति भोजपुरको आयोजना र टेम्केमैयुङ गाउपालिकाको ब्यबस्थापनमा जेठ ९ र १० गते टेम्केमैयुङ गाउपालिकाको वडा न ४ नागिमा सन्चालन भएको खेलमा जम्मा २८ खेलमा भएको प्रतिस्पर्धामा कुल १० स्वर्ण, ५ रजत, ७ कास्य सहित टेम्केमैयुङ गाउपालिका प्रथम, ६ स्वर्ण, ८ रजत, ७ कास्य सहित अरुण गाउपालिका दोस्रो, ५ स्वर्ण, ५ रजत, २ कास्य सहित साल्पासिलिछो गाउपलिका तेस्रो, ५ स्वर्ण, ४ रजत ४ कास्य सहित भोजपुर नगरपालिका चौथो , १ स्वर्ण, ४ रजत, ५ कास्य सहित षडानन्द नगरपालिका पाचौ र १ स्वर्ण
इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको वडा नं. २ नेपाल तरुण दलको वडा कार्य समिति विस्तार गरिएको छ । रामधुनी नगरको वडा कार्य समिति विस्तार कार्यक्रम अन्तर्गत आयोजित औपचारिक बैठक तथा छलफलपछि नयाँ नेतृत्व चयन गरिएको हो । स्थानीय युवा राजनीतिक चेतनाको प्रतिनिधित्व गर्ने नेपाल तरुण दलले युवाहरूलाई राजनीतिमा सक्रिय गराउने उद्देश्यले देशभर विविध गतिविधिहरू गर्दै आएको छ । यसै सन्दर्भमा, रामधुनी वडा नं. २ मा नयाँ जोश, उत्साह र दिगो नेतृत्व विकासको आशामा नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिमा अध्यक्ष महेश साह,उपाध्यक्षहरू रेखा, महमद मक्सुद, बिनय चौधरी,सचिव सालिग्राम चौधरी, सह–सचिवः गोपाल चौधरी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.