All Posts By कोशी प्रेस

    Showing ६,०९१-६,१०० of १२,९९९ items.
  • खोटाङमा कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालयको सेवा ठप्प

    इटहरी । कर्मचारी नहुँदा खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा ठप्प भएको छ । सरकारले शाखा अधिकृत पठाउन नसक्दा इलाका प्रसाशन कार्यालयले दिँदै आएको नागरिकता वितरणलगायतका सेवा ठप्प भएको हो । जेठ ६ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणीकरण एवम् सिफारिस गर्ने, नाबालक परिचय–पत्र प्रदानलगायतका सेवा रोकिएको हो ।  गृह मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था गर्न नसक्दा सेवा ठप्प भएपछि नागरिकले पुनः जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता दोहोरिएको छ । गृह मन्त्रालयले इलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका ल

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २९२ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान गर्ने

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान गर्ने भएको छ । नगरपालिकाले कार्यक्रममा सहभागी हुन नगर क्षेत्रका दम्पतीलाई आह्वान गरेको छ । ढुकुर चरालाई प्रेमको प्रतीक मानिने भएकोले त्यही चराको जोडीलाई सम्झाउने दम्पती छनोट गर्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । परिवार र समाजमा मिलेर बसेका उत्कृष्ट दम्पतीलाई सम्मानका लागि सुन्दरहरैँचाले ढुकुर जोडीको खोजी शुरू गरेको हो । नगरपालिकाका अनुसार १२ वटा वडाबाट उत्कृष्ट हुने ढुकुर जोडीको तस्वीर वडा कार्यालयमा एक वर्षसम्म राखिनेछ । ढुकुर जोडी छनोटका लागि नगरपालिकाले मापदण्ड बनाएको छ । नगरपालिकाका अनुसार विवाह गरेको १

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २५६ पटक पढिएको
  • पानीको सतह बढेपछि झिकियो सुनकोशीको ‘बेलिब्रिज’

    इटहरी । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए। सडक विभागले एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो । बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हल

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • १८९ पटक पढिएको
  • ५१ किलो गाँजासहित दुई जना पक्राउ

    इटहरी । धनकुटाको साँगुरीगढी–६, भेडेटार चोकबाट प्रहरीले ५१ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १(०२(००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीलाई जाँच गर्दा छतमा राखिएको जेब्रा झोला र दुई वटा बोरामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाडीमा सवार शहीदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । गाडी चालक तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिका–७, बस्ने ३७ वर्षीय प्रकाश गुरुङसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २३८ पटक पढिएको
  • पत्रकारिता क्षेत्रको विकास र सवलीकरणमा सहयोग गर्ने स्थानीय तहको प्रतिबद्धता

    इटहरी । संखुवासभाका जनप्रतिनिधिहरुले पत्रकारिता क्षेत्रको विकास र सवलीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। १० वटै स्थानीय तह संचार नीति ल्याउन तयार रहेको उनीहरुको भनाइ छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशले बुधवार आयोजना गरेको अन्तरसंबाद कार्यक्रममा जनप्रतिनिधिहरुले लोकतन्त्र स्थापनाका लागि पत्रकारले खेलेको भुमिका प्रभावकारी भएको बताए। उनीहरुले पत्रकारिता क्षेत्रको विकास र सवलीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले संचार नीति ड्राफ्ट गरेर सबै स्थानीय तहमा पेश गर्न आग्रह गरे । पत्रकारलाई स्थानीय स्तरमा नै रोजगारीको अवस्था सिर्जना गर्न सकिने

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २५६ पटक पढिएको
  • भेडेटारमा ५१ किलो गाँजासहित दुई जना पक्राउ

    इटहरी । धनकुटाको साँगुरीगढी–६, भेडेटार चोकबाट प्रहरीले ५१ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १(०२(००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीलाई जाँच गर्दा छतमा राखिएको जेब्रा झोला र दुई वटा बोरामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाडीमा सवार शहीदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । गाडी चालक तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिका–७, बस्ने ३७ वर्षीय प्रकाश गुरुङसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २०५ पटक पढिएको
  • पानीको सतह बढेपछि खोटाङको सुनकोशी नदीमा राखिएको ‘बेलिब्रिज’ झिकियो

    इटहरी । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभया । सडक विभागले एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो । बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्त

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • ३०७ पटक पढिएको
  • सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति

    इटहरी । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवैै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गर्नुभएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिनुभयो । यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको राससलाई बताउनुभयो । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गर्नुभएको हो।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २४६ पटक पढिएको
  • पाँचथरको हेवाखोलामा बेलिब्रिज छिट्टै जडान हुने

    इटहरी । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछिल्लो पटक गत असोज १२ गते आएको बाढीले त्यहाँ निर्मित बेलिब्रिज बगाएपछि सडक डिभिजन इलाममार्फत पुनः जडानको प्रव्रिmया अगाडि बढाइएको हो । बेलिब्रिज जडानका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिजका आधारका लागि फिदिम नगरपालिकातर्फ दुई हजार छ सय घनमिटर ग्याबिङ पर्खाल र चार सय घनमिटर पक्की पर्खाल निर्माण भइसकेको छ । फिदिमतर्फ पहुँच सडकको काम पनि पूर्ण भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले जानकारी दिनुभयो । खोलापारि हिलिहाङ गा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • ३०६ पटक पढिएको
  • झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन स्कूलका १७ विद्यार्थीलाई ‘मास हिस्टोरिया’ भएको पुष्टि

    इटहरी । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूलका १७ जना विद्यार्थीलाई ‘मास हिस्टोरिया’ भएको पुष्टि भएको छ। प्रारम्भमा फुड पोइजनको आशंका गरिए पनि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका बालरोग विशेषज्ञ डा। दिनेश साहका अनुसार, ती सबैमा मानसिक अवस्थासँग सम्बन्धित ‘मास हिस्टोरिया’को लक्षण देखिएको हो। डा। साहका अनुसार, विद्यार्थीहरूले विद्यालयमा नाचगान गरेपछि धाराको पानी पिएर केहीबेरमै पेट दुख्ने, असहज महसुस गर्ने लक्षण देखाए। घटनापछि तत्काल विद्यालय प्रशासनले उनीहरूलाई बिर्तासिटी अस्पताल भर्ना गर्‍यो। सबै विद्यार्थी सामान्य उपचारपछि सकुशल घर फर्किएक

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • १७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]