इटहरी । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी ९प्याकुरेल चोक० सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न
इटहरी । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ । अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । निःशुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका–७ का स्थानीय जगत श्रेष्ठले बताउनुभयो । वडाकोको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास
इटहरी । संखुवासभाको मादी नगरपालिकामा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर हुने भएको छ । मादी नगरपालिका तथा नेत्र जोति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदवारीको संयुक्त आयोजनामा मोति बिन्दु भएका बिरामीहरूका लागि निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा सञ्चालन हुने भएको हो । मादी नगर अस्पतालमा जेष्ठ ८ र ९ गते मेची आँखा अस्पताल, बिर्तामोडका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुरुषोत्तम जोशीको नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा शल्यक्रिया सेवा सञ्चालन गर्ने मादी नगरपालिकाका नगरप्रमुख जिवन लिङ्थेपले बताउदै, आँखाको समस्याबाट पीडित नगरवासीलाई मध्यनजर गर्दै निःशुल्क मोतिबिन्दु शल्
इटहरी । नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत, सम्मान तथा शुभकामना व्यक्त गर्नुका साथै उद्योग परिसंघका पदाधिकारीहरु विच छलफल तथा अन्तरक्रिया समेत भएको छ । जेठ ५ गते विराटनगर स्थित परिसंघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष पवन सारडा तथा निवर्तमान अध्यक्ष भिम घिमिरे लगायतका पदाधिकारीहरुले प्रदेश प्रहरी प्रमुख कार्कीलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रमुख कार्कीसंग संघका अध्यक्ष सारडा लगायत पदाधिकारीहरुले कोशी प्रदेशको बर्तामान शान्ति सुरक्षा, भन्सार छली चोरी निकासी लगायत विविध ब
इटहरी । सुनसरीमा असहायको सहारा बनिरहेको माया घर नेपाललाई विभिन्न दाताहरुद्धारा विद्युतीय इ रिक्सा सहित खाद्यान्न र लत्ता कपडा प्रदान गरिएको छ । सोमबार इटहरी २ हवाई चौक स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको कार्यक्रमबीच विभिन्न दाताहरुले सहयोग प्रदान गर्नुभएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा इटहरीका व्यवसायी तथा बजाज सोरूमका सञ्चालक प्रदीप कुमार सन्थलीयाले विपदको बेला बिरामी बोक्न, मानव उद्धार तथा पुनः स्थापनामा टेवा पु¥याउने उद्देश्यका साथ तिन चक्के विद्युतीय इ रिक्सा प्रदान गर्नुभयो । सन्थलीयाले इ रिक्सा सहित लता कपडा, खाद्यान्न समेत
इटहरी । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए कार्यक्रम अन्तर्गत इटहरीस्थित कस्तुरी कलेजकी छात्रा निशा शेर्पाले नेपालभर पहिलो स्थान हासिल गर्नुभएको छ । सम्मान समारोहको प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मी रहनुभएको थियो भने कलेजका अध्यक्ष प्रा. डा. केदार प्रसाद पौडेलले कार्यक्रमको अध्यक्षता गर्नुभएकोे थियोे । प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मीले निशा शेर्पाको परिश्रम र सफलता प्रशंसा योग्य भएको भन्दै आगामी दिनमा अझ उच्च उपलब्धिको शुभकामना व्यक्त गर्नु भ
इटहरी, सुनसरी — लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडी र टेवा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा इटहरी-६, संगीत चोकमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीकी अध्यक्ष अनिता ढकाल आचार्य र टेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोकुल सुवेदीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।टेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम संयोजक मीना
इटहरी उपमहानगरपालिका प्रमुखलाई अपिलआदरणीय नगर प्रमुखज्युविगत केही समययता विभिन्न सञ्चार माध्यम र इटहरीवासी नागरिकका सन्जालका भित्तामा इटहरी उपमहानगरपालिकाको यथार्थ अवस्थालाई दर्शाउदै विभिन्न विचार, टिका टिप्पणीहरु आइरहेका छन् । आम इटहरीवासीमा आफ्नो नगरप्रति चासो र चिन्ता स्वभाविक हो । वास्तवमै इटहरी उपमहानगरपालिका यति बेला हरेक हिसाबले संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक सहयोग वितरणको नाममा आर्थिक अनुशासनको गम्भीर उल्लंघनका कारण आजको अवस्था उत्पन्न भएको हो ।आ.व. २०८०÷०८१ मा उपभोक्ताहरुबाट सम्पन्न भएका योजनाहरुको हालसम्म पनि भुक्तानी भएको छैन, दिवा खाजाको भुक्तानी नपाएर ठेकेदार प्रताड
इटहरी । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले वडा–वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। गाउँपालिकाले राष्ट्रिय परिचयपत्र बनेर आएका लाभग्राहीलाई वडा–वडामा वितरण गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार पाँचवटा वडामध्ये प्रशासकीय केन्द्र रहेको वडा नम्बर ३ हाङ्पाङबाहेक अन्य चार वटै वडामा पुगेर लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो। वडा नम्बर १ निघुरादिन, वडा २ फूलबारी र वडा नम्बर ४ र ५ चाँगेमा यसअघि विवरण भरेका लाभग्राहीमध्ये राष्ट्रिय परिचयपत्र प्राप्त भएकाहरुको कार्ड वितरण गरिएको छ। गाउँपालिकामा प्राप्त भएका परिचयपत्र लाभग्राहीको घर आँगनबाटै
इटहरी । ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो। मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार सोमबार नारायणी माविमा अध्ययनरत १५५ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। उक्त सङ्ख्यामध्ये ९५ जना छात्रा र ६० जना छात्र छन्।आँखा परीक्षणका क्रममा समस्या देखिएका नौ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । जिल्लास्थित नेपाल नेत्र ज्योति सङ्घ, डिचेन डोङ्ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.