इटहरी लेडी जेसीजले आयोजना गरेको जेसिज सप्ताह २०२५ शुक्रबार देखि औपचारिक रूपमा सुरु भएको छ । सप्ताहको पहिलो दिन विविध सामाजिक कार्यक्रमहरू सम्पन्न गरिएका छन्, जसले शिक्षा, समुदाय सेवा र नेतृत्व विकासप्रति संस्थाको प्रतिबद्धता देखाएको छ । जेसिज सप्ताहको मूल संयोजक कार्यकारी उपाध्यक्ष रुविना थापा रहनुभएको छ । कार्यक्रमको प्रारम्भमा “जेसिज सामुदायिक भवन शिलान्यास तथा उद्घाटन गरिएको थियो ।  संयोजक पूजा भट्टराई रहनुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा ईटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025-07-05 at 15.30.59_40910e0a

त्यस्तै दोस्रो कार्यक्रम “पढाउँ अभियान” अन्तर्गत छात्रवृत्ति तथा स्टेसनरी वितरण गरिएकोे थियो। यस कार्यक्रमका संयोजक शान्ति कटुवाल रहनुभएको थियो भने प्रमुख अतिथि वडा नं. १५ का वडा अध्यक्ष जयनारायण चौधरी हुनुहुन्थ्यो । तेस्रो कार्यक्रम इटहरी ५ मा महिला फूटसल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा संयोजक प्रकृति चौलागाई र प्रमुख अतिथीको रुपमा वडा नं ५ का वडा अध्यक्ष भिष्म घिमिरेको सहभागिता रहेको थियो । कार्यक्रममा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बराल र महासचिव पुष्पा अधिकारीले सबै अतिथि, सहभागी र सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्नुभएको छ। कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।