इटहरी | इटहरीमा पहिलो पटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता समापन भएको छ ।
नेपाल तरुण दल, इटहरी उपमहा- नगर समितिको आयोजनामा भएको प्रतियोगिताको अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको प्रमुख आथित्यतामा गरिएको थियोे ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका आकाश अधिकारीलाई नगद १ लाख रुपैयाँ, द्वितीय रोहन श्रेष्ठलाई ४० हजार रुपैयाँ र तृतीय आयुश विक्रम शाहलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको वेभिषण राईले सान्त्वना पुरस्कार पाए । प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए ।
युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुद मार्फत अनुशासन, मर्यादा र स्वास्थ्य प्रति प्रेरित गर्ने साथै युवाहरूलाई लागु औषध दुव्र्यसनीबाट मुक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समिति अध्यक्ष अनीश सुवेदीले जानकारी दिनुभयो ।
युवाहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढ्न महत्त्वपूर्ण सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य सिजन गुरुङ र नेपाली काङ्ग्रेस सुनसरी जिल्ला उपसभापति नगेश चन्द्र राई रहेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिधिनि रमेश कुमार पोखरेल, इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवश पोखरेल,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ क का सचिव विमल नेपाल ,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर २ का सभापति लिलामणि सुवेदी , नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिकाका नगर सभापति दिपक चापागाईं, नेपाल तमु गुरुङ संघ कोशी प्रदेश सदस्य दिव्य राज गुरुङ , नेपाली काङ्ग्रेस इटहरी उपमहानगर समितिका सचिव विक्रम घिमिरे,नेपाली काङ्ग्रेस इटहरी उपमहानगर समितिका निवर्तमान सचिव विजय के.शी ,वडा , नगर, जिल्ला , प्रदेशका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।