इटहरी । ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार अबेर सम्पन्न भएको जिल्ला भेलाले प्रदीप मादेन ९नानी० संयोजक रहेको ४७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको हो। मोर्चाको सह–संयोजकमा इन्द्र थलङ, श्री लिङ्खिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ चयन हुनुभएको छ। सदस्य–सचिवमा धनकुमार येङ्देन, प्रवक्ता सरोज कङ्लिवा, सहसचिवमा चतुरमती थाङ्देन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वा चयन हुनुभएको छ। मोर्चाको सल्लाहकारमा मोती पालुङ्वा, कर्णबहादुर पालुङ्वा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कीर्तिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्कहाङ तुम्बाहाम्फे र
धनकुटा | धनकुटामा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६, गोठगाउँस्थित सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।दुर्घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। भुजेल गम्भीर घाइते भएपछि तत्कालै उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइएकी थिइन्। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा को १ ख २१७७ नम्बरको यात्रुवाहक बस संलग्न रहेको छ। बसमा सवार
भोजपुर | भोजपुर नगरपालिकाको आयोजना तथा मानवअधिकार मञ्च नेपाल, इलामको सहजीकरणमा सञ्चालित मेलमिलापसम्बन्धी आठ दिने विशेष तालिम मिति २०८२ साल वैशाख १४ गतेदेखि २१ गतेसम्म सफलता पूर्वक सम्पन्न भएको छ। नगरभित्रको शान्तिपूर्ण समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले गरिएको यो तालिमले वडा तहमै विवाद समाधान गर्ने अभ्यासलाई मजबुत बनाउने विश्वास लिइएको छ।तालिममा नगरपालिकाका विभिन्न वडाहरूबाट प्रतिनिधित्व गर्ने न्यायिक समिति सदस्यहरू, वडा अध्यक्षहरू, उजुरी प्रशासक लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रमको अध्यक्षता भोजपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति अध्यक्ष नि
धरान | राजनीतिक दलप्रतिको सर्वसाधारणको सोचमा तीव्र परिवर्तन आइरहेका वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले जनमानसमा फैलिएको भ्रमलाई चिर्न युवाहरूले अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेको छ। नेपाली काँग्रेस धरान उपमहानगर समितिको मातहत रहेको नेपाल तरुण दल धरान नगर समितिको ५ औं अधिवेशन एवं नयाँ पदाधिकारीहरूको पदस्थापन तथा सम्मान कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भयो।उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका सदस्य एवं नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले तरुण दललाई समाज रूपान्तरणको जिम्मेवारी लिएको युवा दस्ताका रूपमा परिभाषित गर्दै वडादेखि राष्ट्रसम
बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.९ मा निशुल्क चित्रकला सम्बन्धी तालिम समुद्घाटन भएको छ ।बराहक्षेत्र नगरपालिका वडा नं.९ को आयोजना तथा आर्थिक सहयोगमा र समिर चन्द्रवंशीको संयाेजनमा 'निशुल्क चित्रकला सम्बन्धी तालिम गरिएको छ । कार्यक्रमको सभापति बराहक्षेत्र नगरपालिका -९ वडा अध्यक्ष निरन्जन चन्द्रवंशी रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख उत्तमराज भारती रहनु भएको थियो । अतिथि को रुपमा बराहक्षेत्र नगरपालिका वडा -९ का वडा सदस्यहरु भगवती खड्का , चतुरलाल चौधरी , सन्जु साफि र वडा सचिब होम प्रसाद लिम्बु सहित प्रसिक्षक दिपेन्द्र मेहता 
इटहरी | बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कोशी प्रदेशले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व वहन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले आइतबार इटहरीमा प्रभातफेरी र बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रम पेसागत बीमा अभिकर्ता संघ नेपाल र विमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेश समितिको संयुक्त पहलमा सम्पन्न भएको हो। प्रभातफेरी कार्यक्रम बिहानै इटहरी बजार परिक्रमा गर्दै सुरु भई कम्पनीको प्रदेश कार्यालय अगाडि समापन गरिएको थियो। कार्यक्रम
लेटाङ — नेपालको पूर्वी मोरङस्थित लेटाङ नगरपालिका र पश्चिमी भागको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लुम्बिनी साँस्कृतिक नगरपालिका बीच औपचारिक रूपमा ‘भगिनी सम्बन्ध’ स्थापना गरिएको छ। दुई नगरपालिकाका प्रमुखहरूले आपसी समझदारीपत्रमा हस्ताक्षर गरी भविष्यमा सहकार्य, अनुभव आदान–प्रदान तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने घोषणा गरेका हुन्।लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती र लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै सम्बन्धको औपचारिक सुरुवात गर्नुभयो।सम्झौतामा समेटिएका १० बुँदामध्ये प्रमुख बुँदाहरूमा नगरस्तरीय अनुभव
भोजपुर – आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आफ्नो नाममा गरेको छ। फाइनल खेलमा गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपीएफले यो ऐतिहासिक सफलता हात पारेको हो।शनिबार सम्पन्न उपाधि निर्णायक खेलमा एपीएफ सुरुदेखि नै आक्रामक देखिएको थियो। खेलको पहिलो हाफमै अग्रता लिएको एपीएफले दोस्रो हाफमा पनि दबाब कायम राख्दै थप गोलहरू गर्दै चर्च ब्वाइजलाई गोल गर्ने कुनै मौका नदिएको थियो।टिमका तर्फबाट बिशाल स्याङतान (जर्सी नं. १७), समीराज थोकर (७), अनिश महर्जन (११) र बिकी तामाङ (२१) ले एक–एक गोल गर्दै
सुन्दरहरैचा / शिक्षाविद् , समाजसेवी रामप्रसाद काफ्लेकाे जीवनीमा आधारित पुस्तक 'सेवाका सारथी'काे काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लाेकार्पण गर्नुभएको छ । आज माेरङकाे सुन्दरहरैंचा ५ नयाँ वृन्दावन गौशालामा एक समारोह विच कार्कीले पुस्तककाे लाेकार्पण गर्नुभएको हाे । कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, प्रा. डा टंकप्रसाद न्याैपानेलगायत व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियो । उक्त पुस्तकका बारेमा डा. दीपक न्याैपानेले चर्चा गर्नुभएकाे थियाे । काफ्ले प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुनुहुन्छ । यस्तै दुलारी आदर्श
इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थितमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ । ताप्लेजुङ मेरिङदेन ३ खाम्लुङ स्थितमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साइडप्लान्टमा काम गर्ने इलामको माई नगरपालिका १ बतासेका २४ वर्षीय खगेन्द्र राईको मृत्यु भएको हो । हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तीन फेजमा टाँसिएर करेन्ट लाग्दा राई घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.