इटहरी । अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा खण्डमा मङ्गलबार बिहानदेखि सडक अवरुद्ध भएको छ । वर्षाका कारण फाक्रे खोलानजिक पहिरो खसेपछि खाँदबारी–गोला सडकखण्ड ठप्प भएको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा खाँदबारीबाट भोटखोला जाँदै गरेका तथा भोटखोलाबाट खाँदबारी फर्कंदै गरेका साना तथा ठुला सवारीसाधनहरू बिच बाटोमै रोकिएका छन् ।