इटहरी । झापाको बिर्तामोडको एक सुधार केन्द्रमा रहेकी एक महिलाको शौचालयमा लडेर ज्यान गएको बताइएको छ । बिर्तामोडस्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रको शौचालयमा लडेर घाइते हुनुभएको इलाम नगरपालिका–४ बरबोटे बस्ने ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार राति शौचालय जानुभएको काफ्ले शौचालयमा नै बेहोस अवस्थामा लडेको भेटिएपछि तत्कालै उपचारका लागि बिर्तामोडस्थित मनोमोहन अस्पताल पुर्याइएको र त्यहाँ उपचार हुन नसकेपछि बिएण्डसी पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
इटहरी । बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताए। गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उनले जानकारी दिए। सशस्त्र प्रहरी बलका पाँच जनाको तालिम प्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रह
इटहरी । पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिका ८ घाग्रा पुलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मङ्गलबार बिहान अन्दाजी ७ बजे घाग्रा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना।७ प। २९९७ नम्बरको ट्याङ्करले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा नगरपालिका ५ बस्ने ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र ट्याङ्कर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक झापा कमल गाउँपालिका(१ बस्ने ४६ वर्षीय भीमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्र
इटहरी। खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ । जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो । ८७ मिटर लम्बाई र ५७ मिटर चौंडाई भएको क्रिकेट मैदान खोटाङ जिल्ला क्रिकेट सङ्घको पहलमा निर्माण गरिएको छ । आठ रोपनी जग्गा व्यवस्थापन गरेर कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त ८ लाखमा ‘लफ्याङ सिरान क्रिकेट खेल मैदान’ क्रिकेट खेल मैदान निर्माण गरिएको खोटाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले बताउनुभयो । नयाँ पुस्तामा क्रिकेट खेलप्रति रुची जगाउने, क्रिकेटको प्रवद्र्धन गर्ने र ग्रामिण क्षेत्रमा क्रिकेट खेलाडी उत्पादन
इटहरी | नेपाली साहित्यिक क्षेत्रले शनिबार एउटा अनौठो र नवीन अनुभव साक्षी भयो। लेखक श्रेयज सुवेदीको पहिलो कथासङ्ग्रह ‘बहुरूपी’ को लोकार्पण परम्परागत शैलीबाट अलग रहेर बहुआयामिक तरिकाबाट सम्पन्न भयो।सामान्यतया पुस्तक लोकार्पण औपचारिक कार्यक्रममा प्रमुख अतिथि, लेखक तथा केही वक्ताहरूको उपस्थितिमा आयोजना गरिन्छ। तर ‘बहुरूपी’ को सार्वजनिकरण शैलीलाई पूर्ण रूपमा तोडेर लेखकीय संवेदनशीलता र पाठकप्रतिको नजिकको सम्बन्धलाई प्राथमिकता दिइएको देखियो। काठमाडौं उपत्यकाका सात फरक स्थानमा आयोजित पुस्तक स्टलमार्फत लेखक स्वयं पाठकहरूसँग प्रत्यक्ष संवादमा उत्रिए, पुस्तकमा हस्ताक्षर गरे, र सोही अवसरमा पुस्तक बिक्रीसम
सुनसरी/ नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र वुझाएकाे छ । उक्त ज्ञापनपत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गर्दै हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार यादवले मुस्लिम समुदाय बिरुद्द आपत्तिजनक अभिव्यक्ति दिएकोमा नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समाजमा वितृष्णा पैदा गर्ने, सामाजिक सद्भाव बिथाेल्ने, खुलेआम मारकाट गर्छु भन्ने र समाजलाई अशान्त पार्ने कुनै पनि व्
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको आदर्श टोल विकास संस्थाको अध्यक्षमा पुनःनगेन्द्र प्रसाद रोइला सर्वसम्मतिले निर्वाचित भएका हुन् । संस्थाको १० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको हो।संस्थाको नवगठित कार्यसमितिमा उपाध्यक्षमा गोपाल राउत, सचिवमा शोभा कालाखेती (दाहाल), कोषाध्यक्षमा निर्मला बास्तोला (कटेल), र सहसचिवमा कुमार घिमिरे चयन भएका छन्। साथै, सदस्यहरूमा होम प्रसाद दाहाल, टेक प्रसाद धमला, शम्भु प्रसाद लम्साल, इन्दिरा राउत, महेन्द्र श्रेष्ठ, र टिकाराम अधिकारी सहित जम्मा ११ सदस्यीय समिति बनाइएको छ।कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा सपथ
इटहरी । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय आठ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उहाँले जानकारी दिनुभयो । श्रेष्ठले नाम्चेको यात्रामा छ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेका बताउनुभयो । वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताउनुभयो
इटहरी । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९, साब्लामा कृषि शीतभण्डार सञ्चालनमा आएपछि कृषिजन्य उत्पादन भण्डारण सहज भएको छ । कियाचु कृषि सहकारी संस्थाले मेयङ्लुङ कृषि शीतभण्डार सञ्चालनमा ल्याएसँगै आफ्ना कृषि उपज भण्डारण गर्न पाउँदा कृषक हर्षित छन् । कोशी प्रदेश सरकार, म्याङ्लुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको साझेदारीमा एक हजार मेट्रिक टन क्षमताको मेयङ्लुङ शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको हो । सिजनमा फलफूलको कम मूल्य हुने र बजार अभावको समस्या भोगिरहेका किसानलाई शीतभण्डारमा केही महिना राखेर बिक्री गर्दा निकै फाइदा हुँदै आएको छ । कृषि क्षेत्रको व्यावसायीकरण र प्रवर्धनका निम्ति सञ्चालन
इटहरी। झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो । लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उहाँ बताउनुहुन्छ । थोरै बजेटबाट केही सडकखण्ड कालोपत्र गरिएको बताउनु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.