सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा -१० मा समाज सेवि रेशु तामाङ को संयाेजन मा लागू औषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम को समापन तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको छ ।
लागू औसध दुर्ब्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नारा सहित बिध्यार्थी लक्षित कार्यक्रम अन्तर्गत जम्मा ४५ जना बिद्यार्थी उपस्थित मा प्रशिक्षण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम सभाध्यक्षको रुपमा समाज सेवि रेशु तामाङ रहनु भएको थियो भने प्रमुख अतिथि को रुपमा बराहक्षेत्र नगरपालिका को नगर उपप्रमुख नन्द कुमारि सुनुवार रहनु भएको थियो ।
बिशिष्ट अतिथिको रुपमा नेकपा एमाले बराहक्षेत्र नगर अध्यक्ष सिता भण्डारी पौडेल , प्रशिक्षक एवम् इलाका प्रहरि कार्यलय का प्रमुख दिवस कुँवर रहनु भएको थियो । त्यसै गरि अतिथि को रुपमा स्थानिय प्रहरि प्रमुख शैक्षिक राजनैतिक बुद्दिजिबि स्थानिय समाज सेवि हरुको बक्लो उपस्थितिमा उक्त कार्यक्रम समिर चन्द्रवंशीले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रम संयाेजक रेशु तामाङ का अनुसार " लागुऔषधले व्यक्तिको जीवनमा विभिन्न क्षेत्रमा असर पार्दछ। यसले सामाजिक, शारीरिक र मानसिक असर पार्दछ।यसले सेवनकर्ता, उसको परिवार र समाज लागुऔषधको प्रयोगको समस्या बढ्दै गइरहेको छ।
यो समस्याबाट दिन प्रतिदिन झन् बढी ग्रसित हुँदै गएको छ बराहक्षेत्र नगरपालिका मा पनि यस समस्या बढ्दाे छ यसले राष्ट्रलाई नै ठूलो क्षति पुर्याउँछ। त्यसैले, हामी सबै मिलेर यसको प्रभावलाई नियन्त्रण गर्न जरुरी छ।" प्रशिक्षण कार्यक्रम बिद्द्यार्थी हरुको लागि अन्तन्तै प्रभाबकारि भएको छ । एक दिने तालिम उपलब्धि मुलक भएको छ भनि सहभागी सिकारुले बताए ।
समाज सेवि रेशु तामाङले बिगत लामो समय देखि बिभिन्न सामाजिक कार्य गर्दै आइरहनु भएको छ । जस अन्तर्गत बालबालिक लक्षित , युवा लक्षित , बिद्यार्थी लक्षित गरि यस्ता बिभिन्न सामाजिक कार्यमा सकृय रुपमा काम गर्दै आइरहनु भएको छ । 
भाबि दिन मा पनि यस्ता सामाजिक कार्यमा निरन्तरता दिने र आज को कार्यक्रममा उपस्थित बिद्यार्थी , अतिथि गण लगाएत सबै जनालाई सभाध्यक्षले धन्यवाद समेत दिनु भयो । कार्यक्रम पिपल बोटे बचत तथा रिण सहकारि संस्था को सभाहल बराहक्षेत्र ,: १० मा उक्त कार्यक्रम सन्चालन गरिएको थियो ।


