इटहरी | इटहरीको रात्री जीवन, सांस्कृतिक वातावरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज सुरू भएको छ । 

इटहरीस्थित रोयल रिसोर्टमा इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.काठमाडौंको सहकार्यमा आयोजना भएको प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सृजनशीलता प्रस्तुतीकरण गरेका छन् । प्रतियोगितामा २२ जना सहभागीमध्ये ८ जना भोलि हुने फाइनलका लागि छनौट भएका छन् । 

प्रतियोगितामा उत्कृष्ट बारटेन्डरलाई प्रथम पुरस्कारका रूपमा नगद ५० हजार रुपैयाँ , दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार २० हजार सहित ट्रफी र सम्मान पत्र प्रदान गरिने भएको छ  । साथै, ‘बेष्ट ककटेल’ र ‘बेष्ट मुभ’ विधामा पनि जनही  १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । 

नेपालभरिका बारटेन्डरहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, फ्लेयर बारटेन्डिङलाई एक कला र पेशाको रूपमा स्थापित गर्नु, पूर्वी नेपालको सांस्कृतिक र नाइट लाइफलाई प्रवद्र्धन गर्दै सक्रिय र सशक्त बारटेन्डिङ समुदाय निर्माण गर्नु प्रतियोगिताको उदेश्य रहेको इलाइट बारटेन्डिङ एकेडेमी इटहरीका सञ्चालक भिम राना मगरले बताउनुभयो । 

प्रतियोगितामा कोशी प्रदेशसँगै काठमाडौँ लगायत नेपालका विभिन्न स्थानबाट साथै भारत, श्रीलङ्काबाट पेशाका प्रतिष्ठित प्रतिस्पर्धीहरु सहभागी भएका स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.का सह संस्थापक राम प्रसाद गौतमले जानकारी दिनुभयो । 

प्रतियोगितामा फ्लेयरोलजी बार स्कुल एण्ड इभेन्टका डाइरेक्टर मनिश राज, स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.का सञ्चालक राम प्रसाद गौतम, स्टेप अप हस्पाटालिटि एण्ड बिर्टस रूमका संस्थापक बिनुज सारू, एफबिआइ बारटेन्डटर नेपालका सञ्चालक सुरूज महरजन लगायत निर्णायक हुनुहुन्छ ।1750339099976

इलाइट बारटेन्डिङ एकेडेमीले इटहरीमा तीन वर्षदेखि बारटेन्डिङ तालिम सञ्चालन गर्दै आएको छ भने स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.ले काठमाडौँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएको छ । प्रतियोगिताको अघिल्लो संस्करण २०२४ मा सम्पन्न भएको थियो, जसमा ५० भन्दा बढी बारटेन्डरको सहभागिता रहेको थियो ।

1750339093768