इटहरी । सुनसरीको कोशी गाउँपालिका–६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो ९घुरा० ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुशीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । हिजो बाबुनन्दको घरबाट आगलागी शुरू भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जन
इटहरी । विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार देखि ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुने महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुने परिषद्का सचिव मनकुमार लिम्बूले बताए। महोत्सवमा ताप्लेजुङ जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीहरू पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मि
इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाका सात वटै वडामा रहेका लक्षित बालबालिकालाई आवश्यक खोप दिएसँगै गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। गाउँपालिकाले स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ खोप अभियान सञ्चालन गरेको थियो। अभियानमार्फत गाउँपालिकाका सबै सात वटै वडामा रहेका लक्षित अर्थात १६ देखि ५९ महिनाका ५४१ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो। बिहीबार सिँवामा आयोजित कार्यक्रमका बिच गाउँपाल
इटहरी । खोटाङमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गङ्गाप्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो। घर नजिकै रहेको खेतमा बाली खान आएको बाँदर खेद्न जाँदा ढकाललाई चट्याङ लागेको पाइएको वडाध्यक्ष लीला चौहानले बताउनुभयो। बाँदर खेद्न खेतमा गएका ढकाललाई बिहीबार आज दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको उहाँको भनाइ छ। विद्युतको पोल नजिक रहेका ढकाललाई पोलमा हानेको चट्याङले भेटेको पाइएको वडाध्यक्ष चौहानले बताउनुभयो। चट्याङ विद्युतको पोलमा हानेको देखिन्छ, सोही पोलमा हानेको चट्याङ लागेर पोल नजिकै रहेका ढकालको ज्यान गएको उहाँको भनाइ छ। चट
इटहरी। ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ । चम्पादेवी गाउँपालिकाको दलिडाँडामा सम्पन्न जिल्ला स्तरिय प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम भएको हो । सुनकोशीले आठ स्वर्ण, सात रजत र तीन कास्य सहित कुल १८ पदक जितेको छ । गत वर्षको प्रतियोगितामा सुनकोशी चौथो भएको थियो । खेलकुद र शैक्षिक क्षेत्रमा गाउँपालिका जिल्लामै उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । गत वर्षको एसईईको नतिजामा पनि सुनकोशी जिल्लामै उत्कृष्ट भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयलाई एक–एक लाख प्रदान गरिए
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक परिवारले दुई वटा विद्यालयमा छ लाख रुपियाँ बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । मैवाखोला गाउँपालिका–३ साँघुका स्थानीय समाजसेवी भरतकुमार चोङ्बाङको परिवारले गाउँकै दुई वटा विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । गाउँपालिका अध्यक्ष विययप्रकाश वनेमका अनुसार चोङ्बाङ परिवारले दुईवटा विद्यालयमा कुल छ लाख तीन हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा ३ साँघुस्थित सरस्वती आधारभूत विद्यालय तेम्बेमा तीन लाख एक हजार ५०० रुपियाँ र वडा ४ को गङ्गा आधारभूत विद्यालय ताम्राङमा तीन लाख एक हजार ५०० रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय
इटहरी । धनकुटा जिल्ला, महालक्ष्मी नगरपालिका–७, जितपुर निवासी सुरेश प्रसाद पौडेलकी धर्मपत्नी पवित्रा पौडेल बोनम्यारो रोगबाट पीडित हुनुहुन्छ । २०८० साल चैत १ गतेदेखि बिरामी पर्नु भएकी उहाँको हाल काठमाण्डौंस्थित सिभिल हस्पिटल र जावलाखेलको ब्लड हस्पिटलमा उपचार भइरहेको छ । तीन जना नाबालक सन्तानकी आमा पवित्रा पौडेलको उपचारका क्रममा हालसम्म परिवारले आफूसँग भएको सबै सम्पत्ति खर्च गरिसकेको छ । आर्थिक अभावका कारण बास बस्ने घर समेत बैंकमा धितो राखिएको र लिलामको संघारमा पुगेको जनाइएको छ । बोनम्यारो ट्रान्सप्लान्ट जस्तो खर्चिलो उपचार प्रक्रिया अगाडि बढाउन कठिनाइ भइरहेको अवस्थामा पौडेल वंश महासंघ नेपाल, कोश
इटहरी । सुनसरीको इनरुवामा गाई, गोरुको जस्तो खुट्टा काटेर फालिएको अवस्थामा भेटिएको छ । इनरुवा नगरपालिका–१ स्थित बाटोमा बुधबार बिहान गाई, गोरुकोजस्तो देखिने एउटा खुट्टा फेला परेको थियो । यद्यपि, खुट्टा गोरु वा गाई के को हो भनेर खुल्न बाँकी छ । प्रहरीले सो घटनाबारे पहिचान गर्न डीएसपीको नेतृत्वमा अनुसन्धान समिति बनाइएको छ । स्थानीयले बिहान १० बजेतिर बाटोमा चौपायाको खुट्टा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । कसैले गाई वा गोरु काटेर खुट्टा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार कतै फालेको खुट्टा कुकुरले ल्याएर छाडिदिएको पनि हुनसक्छ । यस घटनाको अनुसन्धानका लागि सुनसरी प्रहर
इटहरी । धरानमा पछिल्लो समय गाँजाको कारोबार हुने गरेको घटनामा प्रहरीले निगरानी बढाएको छ । यसैबीच धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट प्रहरीले १( किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो । धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३( नम्बरको अटो टेम्पोलाई शंका लागेर चेकजाँच गर्दा १८ वटा पोका बनाएर ल्याइएको १( किलो गाँजा फेला परेसँगै तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अटो चालक धरान–४ का ४८ वार्षीय जोकबहादुर राई, उनका छोरा ३) वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का ३६ वर्षीय सुर
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई स्थायी पुनर्वासका लागि प्रक्रिया अगाडि बढाइएको छ । करिब १८ महिनाअघिदेखि अस्थायी टहरामा बसोवास गर्दै आइरहेका ६५ परिवारका लागि गाउँपालिकाले स्थायी पुनर्वासको पहल सुरु गरेको हो । स्थायी एकीकृत आवास केन्द्र निर्माण गर्न पालिकाको ३ नम्बर वडा लुकुवामा करिब ७० रोपनी जग्गाको टुङ्गो लगाइएको प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सो जग्गाको माटो परीक्षणका लागि पठाइएको छ । रिपोर्ट प्राप्त हुनासाथ जग्गा प्राप्तिका लागि थप प्रक्रिया अघि बढाइने प्रवक्ता तामाङको भनाइ छ । पीडितलाई प्रतिपरिवार एकरएक रोपनी जग्गा प्रदान गरिने ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.