सुनसरी | बराहक्षेत्र नगरपालिका, वडा नं. १० मा ८० जना युवाहरुलाई युवाहर ॐ साई तेक्नीकल इन्स्टिच्युट, विराटनगर को सहयोगमा "युवा उद्यमशीलता, महिला उद्यमशीलता र शिक्षा अन्तर्गत कफी बनाउने (बारिस्टा) तालिम सञ्चालन गरिएको छ। यो तालिम बराहक्षेत्र १० को कार्यालय को सहयोगमा आजदेखि विधिवत रूपमा सुरु भएको हो।
वडा अध्यक्ष तेज बहादुर गुरुङ का अनुसार ले यस तालिमले युवाहरूको सिप विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यस अवसरमा उनीहरूले युवाहरूलाई आत्मनिर्भर बन्न र रोजगारीको अवसर सृजना गर्न प्रोत्साहित समेत गर्नुभएको छ। 
यो जीवनोपयोगी सिप तालिमले युवाहरूलाई बारिस्टा (कफी बनाउने कला)सिक्न मद्दत गर्दै, उनीहरूको व्यावसायिक क्षमता बढाउने अपेक्षा गरिएको बराहक्षेत्र १० वडा कार्यलय ले जनाएको छ । उक्त तालिमको समुद्घाटन मा सभाध्यक्ष को रुपमा वडा सदस्य नेत्र ब. जोगि रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा वडा अध्यक्ष तेज बहादुर गुरुङ रहनु भएको थियो ।


