भोजपुर | भोजपुर नगरपालिका–५, बोकिम निवासी इन्दिरा तामाङले आफ्ना कान्छा छोरा दिवस तामाङको जन्मदिनको अवसरमा ५ लाख रुपैयाँ बीमांक रकमको जीवन बीमा उपहार दिनुभएको छ।

उहाँले छोराको जन्म मिति असार २ गते पर्न गएको अवसर पारेर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, उपशाखा कार्यालय भोजपुरमार्फत् ‘हिमालयन अनमोल बाल रत्न सावधिक जीवन बीमा योजना’ अन्तर्गत बीमा गराउनुभएको हो। यसअघि उहाँले आफ्नो जेठो छोरा दिप्सन तामाङको समेत बीमा गरिसक्नुभएको छ।

बीमा उपशाखा प्रमुख बिमल रणपहेलीले मानव जीवन अमूल्य भएको उल्लेख गर्दै जीवनमा हरेक पाइलामा जोखिम हुने भएकाले बीमा अनिवार्य भएको बताउनुभयो। उहाँले वर्तमान तथा भविष्य दुवै सुरक्षित राख्न जीवन बीमा उत्कृष्ट विकल्प भएको भन्दै समयमै बीमा गरी जोखिम न्यूनीकरण र लाभदायक प्रतिफल प्राप्त गर्न सबैमा आग्रह गर्नुभयो।