इटहरी । ताप्लेजुङमा निर्माण गर्न सुरु गरिएको माथिल्लो तमोर जलविद्युत आयोजना स्थलमा स्थानीयले विरोध जनाउँदै कालो झन्डा गाडेका छन् । स्थानीय रैथाने आदिवासी समुदायलाई जानकारी नदिई मनोमानी रूपमा आयोजना निर्माण गर्न लागिएकोभन्दै स्थानीयवासीले विरोध गर्दै आयोजना स्थलमा कालो झन्डा गाडेका हुन् । स्थानीयवासीले आयोजना प्रभावित सङ्घर्ष समिति नै बनाएर आयोजनाको विरोध गर्दै आइरहेको छ । उक्त सङ्घर्ष समितिको अगुवाइमा बुधवार आयोजनास्थल फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिस्नेमा स्थानीयले प्रदर्शन गर्दै कालो झन्डा गाडेका हुन् । आयोजनाले सुरुङ निर्माण गर्न थालेपछि सिस्नेमा कालो झन्डा गाडिएको सङ्घर्ष समितिका संयो
इटहरी । वराहक्षेत्रधामको प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्त्याउन धार्मिक गुरुहरू लागि पर्नुभएको छ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको तीर्थको प्रचारप्रसारमा धार्मिक गुरुदेखि जनप्रतिनिधिसम्म लागिपर्नुभएको हो । कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को जानकारीसहित वराहक्षेत्र मन्दिरको प्रचारप्रसार गर्न वराहक्षेत्र मन्दिरका सेवक पण्डित योगेश भण्डारीको नेतृत्वमा मुलुकका विभिन्न मठमन्दिर र शक्तिपीठमा प्रचारप्रसार गर्न थालिएको हो । काठमाडौँको पशुपति क्षेत्रमा वराहक्षेत्र धामसहित पूर्वी नेपालका शक्तिपीठबारेमा प्रचारप्रसार गरी धार्मिक पर्यटकलाई निमन्त्रणा गरिएको पण्डित योगेश भण्डारीले बता
इटहरी। झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह भएको हो । आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले आफ्नो लगानीमा १९ जोडीको विवाह गराइदिनु भएको हो । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गर्न अनुरोध गरे बमोजिम पालिकाहरूले विवाहको सिफारिस गरिदिएका थिए । विश्व हिन्दु परिषद् नेपालसँगको सहकार्यमा भएको सामूहिक विवाहमा चाहिने
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा सामाजिक सद्भाव विषयक संवाद गरिएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडामा संवाद कार्यक्रम सम्पन्न भएको हो । संवादमा सामाजिक परिवर्तन केन्द्र काठमाडौँका लागि सुनसरी सयोजक रमेश भट्टराई र संवाद सहजकर्ताले सहजीकरण गर्नुभएको थियो । संवादमा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडा धार्मिक हिसाबले हिन्दु, मुस्लिम र क्रिच्यिन सहितको समावेसी वडा अनि जातीय रूपमा हिन्दुमा पर्ने साह, मेहता, यादव, मुसहर लगायतको बाहुल्य भएको र मुस्लिम अंसारी, मंसुरी, मियाँको बसोवास भएकाले एकले अर्कालाई सम्मान गर्दै छलफल भएको छ
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनको खुल्ला सत्र सकिएसँगै अध्यक्षका आकांक्षीहरू संस्थापन पक्षका वर्तमान अध्यक्ष रोहित कोइराला र इतरपक्ष एमाले विराटनगरको वर्तमान सचिव बलराम गिरीले चुनावी तयारीमा जुटेका छन् । वर्तमान संगठन कमिटी अध्यक्ष समेत रहेका कोइराला राजनीतिक, खेलकुद साथै सामाजिक गतिविधिमा पनि सक्रिय छन्।कोइरालाले युवा वृद्ध बालबालिका सबैलाइ समेटेर आफूले छोटो समयमा राम्रो गतिविधि अगाडि बढाइरहेको र जेष्ठ नागरिक युवा सबै लाई समेट्दै अगाडि बढेकोले आफूलाइ धेरैले विश्वास गरेको बताउँदै पार्टीलाई चौतर्फी आक्रमण भइरहेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ । एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । गोली हान्नेमध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरा
इटहरी । ताप्लेजुङमा आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सवभर राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने भएको छ । वैशाख ५ देखि ७ गतेसम्म सञ्चालन हुने तीन दिने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने भएको हो । आयोजक कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अनुसार महोत्सवको उद्घाटन अर्थात पहिलो दिन राष्ट्रिय कलाकार मिलन नेवार, इन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठ, पदम राई र हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहने छ । यस्तै, दोस्रो दिन शनिबार पुष्पाञ्जली तिलिङ, कुशल थलङ, डेभिड शङ्खर र बालकलाकार रुक्साना लिम्बूले साङ्गीतिक प्रस्तुति दिनुहुने छ । महोत्सव समापनका दिन राष
इटहरी । झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु भएको छ। नेकपा ९एमाले० कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराइएको छ। बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी माविमा हुने प्रर्दशनीमा कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय सहभागी गराउने लक्ष्य रहेको छ। विभागका प्रमुख गणेश पोखरेलका अनुसार विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुने प्रदर्शनीमा पहिलो हुने विद्यालयलाई चार लाख पुरस्कार राशि प्रदान गरिनेछ। दोस्रो, तेस्रो र चौथो
इटहरी । तीन दिनदेखि घरबाट हराइरहेका उर्लाबारी–९ आम्बारीका सुरेश धिमाल बुधबार बिहान मृत अवस्थामा फेला पर्नुभएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार ३४ वर्षीय धिमाल वडा नं। ३ स्थित नयाँ मङ्गलबारे बजारको एक त्रिपालमा मृत फेला परेका हुन् । बिहान करिब ७ बजे बजार क्षेत्रमा बिक्रीका लागि राखिएको खरबुजा छोपेर राखिएको त्रिपाल मुनि धिमालको शव भेटिएको थियो । घटनास्थलको छानबिनका क्रममा प्रहरीले सिसी टिभी फुटेज हेर्दा धिमाललाई त्रिपाल मुनि जाँदै गरेको फेला पारेको थियो । शारीरिक रूपमा अशक्त तथा बोल्न नसक्ने अवस्थामा रहेका धिमाल घरबाट बेला–बेला हिँडिरहने गर्थे । उन
इटहरी। ताप्लेजुङमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक याङसिला चोकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका ३ का २५ वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे। १ च। ५१९३ नम्बरको बोलेरो दिउँसो १२ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनाबाट फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । श्रेष्ठको ढाडमा चोट लागेको बताइएको छ । उहाँलाई आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचारप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.