इटहरी/ इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रष्फुटन प्रतियोगिता ‘मिस एसईई’ को पाँचौं संस्करण लाई ओपन स्पेस मिडिया प्रालिले आयोजना गर्दैछ । प्रतियोगिताको अडिसन वैशाखको पहिलो साता इटहरीमा आयोजना हुने आयोजकले जनाएका छन् ।यसअघि चार संस्करणसम्म सफल आयोजना गरिसकेको ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन मात्र होइन, बौद्धिक क्षमता उजागर गर्ने उत्कृष्ट माध्यम समेत ह
विराटनगर | कोशी प्रदेशको राजधानी विराटनगरमा ७२औं सिंचाइ दिवसका अवसरमा खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशको आयोजनामा विविध कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। “आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार” भन्ने मूल नाराका साथ आयोजित उक्त दिवस वृक्षारोपण, रक्तदान तथा बृहत अन्तरक्रियात्मक कार्यक्रमका साथ मनाइएको हो।सिंचाइ दिवसको मूल उद्देश्य आधुनिक तथा प्रभावकारी सिंचाइ प्रणालीको विकास, जलस्रोतको दीगो उपयोग र जल व्यवस्थापनका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु हो। सोही उद्देश्यअनुसार मन्त्रालयले यस वर्षको दिवसलाई थप प्रभावकारी र सहभागितामूलक बनाउन विभिन्न कार्यक्रमको आयोजना ग
इटहरी । झापा जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाउनका लागि निवेदन दिएका छन्। मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपुर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताए। अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप बताए। उनले वर्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको दाबी गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताए। कार्यक्रममा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डस
काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । “धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो । खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरक
इटहरी । झापाको कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नम्बर ६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार वर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते भएकाहरूलाई बनियानी स्वास्थ्य केन्द्रमा आज बिहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको
सुनसरी | सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१०, खुनियाधारस्थित प्रकाशपुर बकुलाचापमा अस्थायी प्रहरी पोस्टको स्थापना तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन शाखाको निर्देशनअनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगर (चक्रघट्टि) अन्तर्गत रहने गरी उक्त पोस्ट स्थापना गरिएको हो। कार्यक्रम जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाको अध्यक्षता र बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।कार्यक्रममा बराहक्षेत्र–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङ, वडा नं. ११ का वडा अध्यक्ष कृष्ण कुमार महतो,
दुहबी – नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको पाँचौं नगर अधिवेशनबाट दुहबी–९ निवासी नसुरुद्दिन मिया दुहबी नगर अध्यक्षमा निर्वाचित भएका छन्।उनका साथै विभिन्न वडामा सभापति पदमा पनि सर्वसम्मत चयन गरिएको छ। वडा नम्बर १ मा अश्रुल मिया, वडा नम्बर २ मा बाम नारायण चौधरी, वडा नम्बर ३ मा तेज नारायण चौधरी, वडा नम्बर ४ मा मोहम्मद अनिश, वडा नम्बर ७ मा बिश्वजित खाँ, वडा नम्बर ८ मा दिपेन्द्र कार्की, वडा नम्बर ९ मा अनवर हुसैन, वडा नम्बर १० मा मो. जगिर, वडा नम्बर ११ मा अमन चौधरी र वडा नम्बर १२ मा हरि चौधरी सभापतिमा चयन भएका छन्।सर्वसम्मत रुपमा चयन भएका विजयी तरुण सभापतिहरूलाई प्रमुख अतिथि तथा नेपाल
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना हुने छ । प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमको शुभारम्भ गर्ने नगर प्रमुख अर्जुनबाबु माबोहाङले जानकारी दिए । शुभारम्भको आयोजना प्रदेश सरकारले गर्ने छ भने सहकार्य लालीगुराँस नगरपालिकाले गर्ने नगर प्रमुख माबोहाङले बताए । पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने नगर प्रमुख माब
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । लामिछानेलाई स्वास्थ्यपरीक्षण गरी कारागारको ब्लक नम्बर–४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए । ब्लक नम्बर ४ मा अहिले लामिछानेमात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने भण्डारीले बताए । उनका अनुसार अहिले भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी छन् । उच्च अदालतको आदेशबमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो । सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.