इटहरी । मोरङको पथरी वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले अभिभावक अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार वडा नम्बर २ को सिन् भिलेज पार्टी प्यालेसमा अभिमुखीकरण तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो । पिस ल्यान्ड ट्रेनिङ प्राइभेट लिमिटेडका प्रमुख ईश्वर श्रेष्ठले १ हजार बढी अभिभावक तथा विद्यार्थीहरूको संयुक्त भेलालाई मनोपरामर्श सहित उत्प्रेरणा जगाउदै सहजीकरण गर्नुभएको हो । उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, अभिभावक तथा समाजसेवी देवराज भण्डारी, लर्डबुद्ध साकोसका व्यवस्थापक गणेश वाच्छना राई, लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा रेडस्टार माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूका लागि पनि एक दिवसीय मनोपरामर्श तथा मनोविज्ञानमा आधारित वर्कसप तालिम आयोजना गरिएको थियो ।