All Posts By कोशी प्रेस

    Showing ७,०८१-७,०९० of १३,७३९ items.
  • ओखलढुङ्गामा चट्याङ , ६ वर्षको अवधिमा १२ जनाको मृत्यु, २४ घाइते

    इटहरी । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो । आर्थिक वर्ष २०७६(७७ देखि २०८१(८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीनजना मानिस घाइते भएका छन् । यस अवधिमा १० व

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३०८ पटक पढिएको
  • पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    इटहरी। झापामा एक होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय बालकको मृत्यु भएको छ ।  आइतबार साँझ भद्रपुर नगरपालिका वडा नम्बर ८ एयरपोर्ट नजिकै रहेको होटल उडल्यान्डको स्विमिङ पुलमा डुबेर भारत किसनगञ्ज झरमगञ्ज टोल बस्ने सचिन गोस्वामीका ८ वर्षीय छोरा बिरु गोस्वामीको ज्यान गएको हो । भारतबाट नेपाल घुम्न सपरिवार भद्रपुर आएका थिए ।  पौडी खेल्ने क्रममा डुबेर घाइते बनेका बालक गोस्वामीलाई तत्कालै उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३४८ पटक पढिएको
  • सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्र वटा भैँसी मरे

    इटहरी।  सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ ।  घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दू

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३०२ पटक पढिएको
  • कश्मीर आतङ्ककारी हमलापछि सीमा क्षेत्रमा कडाइ, अवाञ्छित गतिविधि नियन्त्रणमा जोड

    इटहरी । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि  नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • २९३ पटक पढिएको
  • अपराध नियन्त्रण र सुरक्षाका लागि सप्तरी–सुनसरी र सुपौलको संयुक्त रणनीति

    इटहरी । भारतको बिहारस्थित सुपौल जिल्ला वीरपुरमा भारत नेपाल सीमावर्ती  जिल्लास्तरीय समन्वय समितिको बैठक हालै सम्पन्न भएको छ । नेपालको सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख पदाधिकारीको उपस्थिति रहेको बैठकले सिमानामा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणमा समन्वय गर्ने निर्णय गरेको जनाएको छ । आयोजक सुपौल जिल्लाका डिएम कौशल कुमारले बैठकमा समसामयिक भेटघाट र कुराकानीसँगै सुरक्षाको चुनौती बारेमा समीक्षा  गरिएको  जानकारी दिनुभयो । त्यस्तै अन्तरदेश र  जिल्लाको शान्तिसुरक्षालगायतका विषयमा छलफल तथा विश्लेषण गरी, अन्तरजिल्लासँग सम्बन्धित विकास निर्माणलगा

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३३५ पटक पढिएको
  • ताप्लेजुङमा आइतबार साँझ आएको हावाहुरीले विभिन्न ठाउँमा स्थानीयको घर तथा गोठमा क्षति

    इटहरी । ताप्लेजुङमा आइतबार साँझ आएको हावाहुरीले विभिन्न ठाउँमा स्थानीयको घर तथा गोठमा क्षति गरेको छ । प्रहरीका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका र फुङ्लिङ नगरपालिकामा बढी क्षति गरेको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार मिक्वाखोला गाउँपालिका –२ खोक्लिङ वैराखुका विनोद शेर्पाको घर हावाहुरीले उडाएको छ । काठपात र जस्तापाताको प्रयोग गरी निर्माण भएको शेर्पाको एकतले घर हावाहुरीले पल्टाएर पूर्णरुपमा क्षति गरेको प्रनाउ रावलले जानकारी दिनुभयो । हावाहुरीले शेर्पाको घर उडाएर पल्टाउँदा करिब पाँच लाख मूल्य बराबरको क्षति हुन गएको उहाँले जानकारी दिनुभयो । हावाहुरीले शेर्पा

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ३४९ पटक पढिएको
  • प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूद्वारा उत्कृष्ठ प्रदर्शन

    इटहरी/  यल सितोरियो कराते-डो मङ्गलबजार ललितपुरको आयोजनामा सम्पन्न "प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२" मा कोशी प्रदेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। प्रतियोगिता बैशाख ११, १२ र १३ गते सम्पन्न भएको थियो।प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश (हेटौंडा) को प्रमुख प्रायोजनमा आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा पदक जित्न सफल भएका हुन्।पदक विजेता खेलाडीहरू:पुरुष -८४ केजी तौल समूहमा इश्वरधन राइ प्रथम स्थानपुरुष ५० केजी तौल समूहमा दिपेश राइ द्वितीय स्थानपुरुष -७५ केजी तौल समूहमा रुरि हाङ दुमि तृतीय स्थानमहिला ५० क

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ८६५ पटक पढिएको
  • मातृत्व जोगाउने अभियान बाजुराकोगौमुलगाउँपलिकामा

    इटहरी | कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी–क्याप”नामक अभियान सुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सम्पन्न भएको छ  । अभियान बडीगाड गाउँपालिका, बागलुङ,पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुमपुर्व हुदै बाजुराको गौमुल गाउँपालिका तर्फ प्रस्थान गरेको थियो । गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण, किशोरी संग जनप्रतिनिधि, किशोरी समुह गठन र स्वास्थ्य  गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका  ३ सय ९९ घरधुरीमा  स्वास्थ सचेतना संच

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ५२१ पटक पढिएको
  • एमएम कप एपीएफ द्वारा बागमती पराजित

    इटहरी । विराटनगरमा जारी तेस्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० विजयी भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो। बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९।४ ओभरमा २ विकेट गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर दिपक बोहराले सर्वाधिक ४८ रन बनाए। अविजित रहँदै बोहराले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए । उनले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे। बागमतीको बलिङमा अशिम श्रेष्ठले २ विकेट

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ४९६ पटक पढिएको
  • शिक्षक प्रहरीको झडपमा पत्रकार घाइते,तिलगंगा अस्पतालमा उपचार हुँदै

    काठमाडौँ । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन्। सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो। उनको दुवै आँखामा गम्भीर चोट लागेको छ। कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो। हाल उनको तिलगंगा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका प्रधान सम्पादक मुकुन्द दाहालले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ३९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]