इटहरी | कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी–क्याप”नामक अभियान सुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सम्पन्न भएको छ ।
अभियान बडीगाड गाउँपालिका, बागलुङ,पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुमपुर्व हुदै बाजुराको गौमुल गाउँपालिका तर्फ प्रस्थान गरेको थियो । गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण, किशोरी संग जनप्रतिनिधि, किशोरी समुह गठन र स्वास्थ्य गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका ३ सय ९९ घरधुरीमा स्वास्थ सचेतना संचालन गरिएको थियो ।
गौमुल गाउँपालिका स्तरीय किशोरी समुह निशा वि.क को अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको छ । गौमुल गाउँपालिकाको अभियान समापन कार्यक्रम गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापाले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितीका प्रमुख तुलसिराम रोकायाको उपस्थिति रहेको थियो ।
त्यस्तै स्वागत मन्तव्यको क्रममा प्रशासकीय अधिकृत जगदिश भट्टले भौगोलिक विकटतामा बाचिरहेका महिलाका निम्ति मातृत्व जोगाउने अभियानको महत्वपूर्ण सन्देश रहेको धारणा राख्नुभयो । गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापा नेपालि महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शीलिड्स आइकन २०८१ की बिजेता मध्ये १ हुन् ।
जस्ले विकटतामा समेत सुन्दर कर्म गर्दै आउनुभएको प्रेरणादायी महिला जनप्रतिनिधि हुनुहुन्छ । आम नेपाली महिलाले भोग्दै आएको दुख पिडालाई मलहल लगाउने सोच र संकल्प सहित देशमा केहि छ सम्भावना छ गर्दा हुन्छ भन्ने भाष्य निर्माणका निम्ति यो अभियान सुरुवात गरिएको जानकारी संस्थाकि अध्यक्ष पुजा कोइरालाले जानकारी दिनुभयो । कल्प इम्पावर वेमेन नेपाल युवा समुहको नेतृत्वमा संचालित एक सामाजिक संस्था हो जसले“महिला स्वास्थ्य, उद्यमशिलता, किशोरी सशक्तीकरण र राजनीतिमा महिला बिषयमा वकालत तथा कार्यक्रम गर्दै आईरहेको सस्था हो ।