इटहरी/  यल सितोरियो कराते-डो मङ्गलबजार ललितपुरको आयोजनामा सम्पन्न "प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२" मा कोशी प्रदेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। प्रतियोगिता बैशाख ११, १२ र १३ गते सम्पन्न भएको थियो।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश (हेटौंडा) को प्रमुख प्रायोजनमा आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा पदक जित्न सफल भएका हुन्।

पदक विजेता खेलाडीहरू:

पुरुष -८४ केजी तौल समूहमा इश्वरधन राइ प्रथम स्थान

पुरुष ५० केजी तौल समूहमा दिपेश राइ द्वितीय स्थान

पुरुष -७५ केजी तौल समूहमा रुरि हाङ दुमि तृतीय स्थान

महिला ५० केजी तौल समूहमा विद्याकला राइ तृतीय स्थान

एकल काता विधामा सलिना जोगी तृतीय स्थान

टिम काता विधामा करुणा राइ, विसुका राइ, र अनिसा राइ तृतीय स्थान

कोशी प्रदेश टिमलाई प्रशिक्षक धन कुमार राइ र निर्मल कुमार श्रेष्ठले नेतृत्व दिएका थिए भने व्यवस्थापकको भूमिका सागर राउतले निर्वाह गरेका थिए।

प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले देखाएको उत्कृष्ट प्रदर्शनले प्रदेशको खेलकुद क्षेत्रमा थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ ।