All Posts By कोशी प्रेस

    Showing ७,३०१-७,३१० of १३,७३९ items.
  • मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु

    इटहरी । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको  मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उहाँकी  पत्नी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको हो । टुडु रतुवामाइ नगरको फोहोर व्यवस्थापन गर्ने ट्याक्टर को चालक रहेको  रतुवामाइ नगर प्रमुखको सचिवालयका प्रमुख  सचिव सुजित चौधरीले जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । आमबा

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २३८ पटक पढिएको
  • जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प

    २२ चैत, काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३०७ पटक पढिएको
  • रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेशबिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४०४ पटक पढिएको
  • हरिनगर वडा ५ का पुर्व वडाअध्यक्ष सविब मियाँवाट आगलागी पिडितलाई राहत वितरण

    सुनसरी /सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित वसन्तपुरमा चैत्र महिनाकाे १८ गते ईस्लाम धर्मलम्बिहरुकाे महान पर्व ईदउल फित्र साेमवारकाे दिन करिब २:२५ मा भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि विभिन्न गैरसरकारी संघसंस्था,सरकारी निकाय सहित राहत वितरण गरेपनि आज हरिनगर गाउँपालिका वडा नम्बर ५ बसन्तपुर साेही वडाका पुर्व वडाअध्यक्ष सविब मियाँ र उहाँकाे परिवारवाट राहत वितरण गरेकाे छ। राहत वितरणमा खाध्यन सामग्री,लत्ताकपडा,त्रिपाल,ग्यास,ग्यास चुलाे,कुकर,विभिन्न स्टिलकाे भाँडाकुँडा सहित वितरण गरिएकाे छ । आगलागीवाट पीडित परिवारलाई हौसला प्रदान हाेस,घाउँमा मलहम लगाउने

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३४० पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा बत्ती जडान र हात्ती आक्रमणबाट ज्यान गुमाएकालाई राहत दिने

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न सुन्दरहरैंचाको जङ्गलतर्फको सिमानामा पूर्वदेखि पश्चिमसम्म सडक बत्ती जडान गर्ने भएको छ । लगभग २० किलोमिटर क्षेत्रमा बत्ती जडान हुने नगरपालिकाले जनाएको छ । सुन्दरहरैंचाको विपत् व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको सो प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यसैगरी, हालसम्म हात्तीको आक्रमणबाट ज्यान गुमाएका सुन्दरहरैंचाका ४ जनाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।वडाबाट सिफारिश भई आएका ४३ परिवारमा हात्तीले पुर्याएको क्ष

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४५७ पटक पढिएको
  • खराब मौसमले लुक्लाको उडान दुई दिनदेखि ठप्प, पर्यटक अलपत्र

    इटहरी । पर्यटकीय सिजन सुरु भइरहेकोबेला दुई दिनदेखि लगातार मौसममा खराबी आएपछि सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित भएकोे छ । स्वदेशी तथा विदेशी पर्यटक र अन्य यात्रुहरु लिएर त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेका विभिन्न एयरलाइन्सका हवाइजहाज अवतरण गर्न नसकेपछि फाप्लु विमानस्थलमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । बिहीबारबाट मौसम प्रतिकुल बनेपछि हिमाली पर्यटनको केन्द्रका रुपमा रहेको खुम्बु क्षेत्रको भ्रमणका लागि आउने पर्यटक समस्यामा परेका छन् । लुक्लामा तारा, समिट र सीता एयरलाइन्सको करिब ३

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३४० पटक पढिएको
  • मोरङको बेलबारी ९ मा सञ्चालित आरजु राइस मिलले तोक्यो धानको समर्थन मूल्य

    इटहरी । समुदायमा आधारित व्यवसायिक कृषि खेती प्रणालीलाई प्रवर्धन गर्दै आएको आरजु राइस मिल लिमिटेडले आउँदो वर्ष २०८२ को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मोरङको बेलबारी ९ मा सञ्चालित राइस मिलले शुक्रबार चार वटा कृषक समूहलाई बाली काट्ने आधुनिक हार्भेस्टर हस्तान्तरण गर्ने क्रममा बर्खे धानको समर्थन मूल्य सार्वजनिक गरेको हो। किसानहरुले खेती गरिरहेको चैते र बर्खे धान दुवैका लागि मिलले समर्थन मूल्य तोकेको हो । मिलका कार्यकारी अध्यक्ष विरेन्द्रबहादुर बस्नेतले किसानहरुसँग मिलले रामधान र हर्दिनाथ–६ जातका धान खरिद गर्ने भन्दै त्यसको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी दिनुभयो । अगनीतर्फ रामधान, ह

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४२४ पटक पढिएको
  • नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको नयाँ कार्यसमिति चयन

    इटहरी । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार भएको १४ औं जिल्ला अधिवेशनले विष्णुकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षहरूमा सरस्वती राई र प्रशुराम काफ्ले चुनिँदा सचिवमा लक्ष्मण जोशी र कोषाध्यक्षमा गंगादेवी प्रधान विजयी बनेका छन् । त्यस्तै, कमला प्रधान सहसचिव र अमृत लुइटेल सह–कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरू रविन राई, खगेन्द्र घिमिरे, घनश्याम भण्डारी, यदिकुमार श्रेष्ठ, कटक बहादुर विष्ट, हरिप्रसाद लुईटेल, आनन्द कुमार भुजेल, रामकुमार राई, गोपाल पराजुली, धनकुमार जिसी, माया मगर, गीतादेवी राई, हर्कराज शेर्पा, भक्तकुमारी तामा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २९१ पटक पढिएको
  • जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु

    इटहरी । करिब एक महिनादेखि बन्द रहेको जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । गत फागुन २८ गतेबाट उत्पादन ठप्प भएको सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको विद्युत गएराति ९शुक्रबार राति० १ बजेदेखि उत्पादन सुरु भएको हो । ७३ मेगावट क्षमताको हाइड्रोपावरमा हाल २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । सुक्खायामको समयमा नदीमा पानीको मात्रा कम भएकाले २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहको उहाँको भनाइ छ । आयोजनाको ड्यामसाइट तथा विद्युत गृहको उपकरणको मर्मत कार्य सम्पन्न हुन साथ गएरातिदेखि नै विद्युत उत्पादनको कार्य सुरु गरिएको गौतमले जानकारी

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २४१ पटक पढिएको
  • ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ मैदानेमा श्रमदान मार्फत बौद्ध चैत्य निर्माण

    इटहरी । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ मैदानेमा श्रमदान मार्फत बौद्ध चैत्य निर्माण गरिएको छ । सहयोगी दाताहरुको आर्थिक तथा श्रमदान मार्फत चैत्य निर्माण गरिएको हो । दाताहरुबाट सङ्कलन भएको ४० लाख, वडा कार्यालय मार्फत ३० हजार बराबरको सहयोग र स्थानिय बासीको श्रमदानले बौद्ध चैत्य बनेको वडा अध्यक्ष तथा निर्माण प्रचार प्रसार विभाग प्रमुख ङवाङ फुरी शेर्पाले बताउनुभयो । शेर्पा समुदायको बाक्लो बसोबास रहेको मैदानेमा धार्मिक अनुष्ठानका लागि ३५ फिट अग्लो बौद्ध चैत्य निर्माण गरिएको शेर्पाले जानकारी दिनुभयो । ल्हाबब छर्योतेन ९देवातार चैत्य० को बिहिबार प्राण प्रतिष्ठा सहित उद्घाटन गरिएको छ । धर्मगुरु महाउ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]