सुनसरी /सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित वसन्तपुरमा चैत्र महिनाकाे १८ गते ईस्लाम धर्मलम्बिहरुकाे महान पर्व ईदउल फित्र साेमवारकाे दिन करिब २:२५ मा भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि विभिन्न गैरसरकारी संघसंस्था,सरकारी निकाय सहित राहत वितरण गरेपनि आज हरिनगर गाउँपालिका वडा नम्बर ५ बसन्तपुर साेही वडाका पुर्व वडाअध्यक्ष सविब मियाँ र उहाँकाे परिवारवाट राहत वितरण गरेकाे छ।
राहत वितरणमा खाध्यन सामग्री,लत्ताकपडा,त्रिपाल,ग्यास,ग्यास चुलाे,कुकर,विभिन्न स्टिलकाे भाँडाकुँडा सहित वितरण गरिएकाे छ । आगलागीवाट पीडित परिवारलाई हौसला प्रदान हाेस,घाउँमा मलहम लगाउने काम पुर्व वडाअध्यक्ष परिवारवाट भएको छ । हरिनगर गाउँपालिका भित्ररहेका हरेक जनताकाे दुखसुखमा हरपल साथ सहयोग रहने र आफ्ने वडामा यस्तो दुखद घटना आएकाले मेराे घरमा नैं समस्या आएको हाे समेत वताए ।
घटना घटेको दिन देखि नैं उहाँहरुलाई समन्वय र सहयाेग गरि राखेकाे छ । आफ्नो वडाकाे जनता भएकोले हरपल २४ घण्टा आपतविपदमा दुखसुखमा साथ सहयोग रहने समेत पुर्व वडाअध्यक्ष मियाँले वताए । आगलागीवाट घर जलेर नष्ट भएकाहरुकाे घर पुनः स्थापना गराउने प्रतिबद्धता समेत पुर्व वडाअध्यक्ष सबिव मियाँले गर्नुभयो ।


