All Posts By कोशी प्रेस

    Showing ७,५६१-७,५७० of १३,७३९ items.
  • ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

    इटहरी। ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ वटा स्थानीय तहलाई पछि पार्दै मेरिङदेन गाउँपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजामा मेरिङ्देन गाउँपालिका प्रथम भएको छ । गाउँपालिकाले ६९।१४ अङ्क प्राप्त गर्दै ताप्लेजुङमा पहिलो भएको हो । यस अघिको प्रारम्भिक नतिजामा भने पाथिभरा याङवरक गाउँपालिका प्रथम भएको थियो । प्रारम्भिक नतिजामा पाथिभरा याङ्वरक गाउँपालिकाले ६७।६ अङ्क प्राप्त गरेको

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २५६ पटक पढिएको
  • अरूण गाउँपालिकामा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

    भोजपुर | भोजपुर जिल्लाको अरूण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रमसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सम्पन्न उक्त तालिममा गाउँपालिका भित्रका ३५ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको थियो।शिक्षकहरूको शैक्षिक दक्षता अभिवृद्धि गर्दै बालमैत्री, वैज्ञानिक, र प्रयोगात्मक शिक्षण पद्धतिलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो। हाल नेपालमा नयाँ पाठ्यक्रम लागु भएसँगै शिक्षण पद्धतिमा सुधार ल्याउने आवश्यकता महसुस गरिएको छ। यसै सन्दर्भमा शिक्षकहरूलाई

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ९३१ पटक पढिएको
  • उदयपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका ८ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्र।१(०५(००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ६५ वर्षीया टीकामाया कार्कीको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक रौतामाई गाउँपालिका ७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ३५५ पटक पढिएको
  • पाँचथरमा बहिरा संघको जिल्ला समिति गठन

    इटहरी । पाँचथरमा बहिरा संघको जिल्ला समिति गठन भएको छ । सदरमुकाम फिदिममा सोमबार सम्पन्न जिल्ला भेलाले टिकाराम आचार्य अध्यक्ष रहेको ७ सदस्सिय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष मनिषा राई, सचिव ममता आङदेम्बे, सहसचिव दिना राई, कोषाध्यक्ष विशाल तामाङ, सदस्य मनुभक्त राई,अशोक नेम्बाङ चयन हुनुभएको छ । संघले ६ महिनाभित्र विधान बनाउनेसहितका काम सकेर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्तासँगै बहिरा महासंघमा आबद्वतापछि जिल्ला अधिवेशन गर्ने कार्यभार तदर्थ समितिलाई दिएको छ । यसैबिच महासंघले आयोजना गरेको ४ महिने नेपाली साङकेतिक भाषाको आधारभूत तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा बो

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ३६६ पटक पढिएको
  • जिल्लाको पर्यटन र साहित्य प्रर्वद्धनका लागि आगामी चैत १ र २ गते इलाममा इलाम साहित्य महोत्सवको तयारी

    इटहरी  । जिल्लाको पर्यटन र साहित्य प्रर्वद्धनका लागि आगामी चैत १ र २ गते इलाममा इलाम साहित्य महोत्सवको तयारी थालिएको छ । इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजनामा चौथो संस्करणका रुपमा आयोजना गरिएको साहित्य महोत्सवका लागि विभिन्न कामहरु थालिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो । महोत्सवमा नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ, बंगलादेश र श्रीलंकाका साहित्यकार, लेखक तथा कलाकर्मीहरुको सहकागीता रहने छ । महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण, प्रविधिलगायत करिब डेढ दर्जन विषयमा बहस हुने आयोजक प्रतिष्ठान अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ३५८ पटक पढिएको
  • लागुऔषधसहित इलामबाट दुुई जना पक्राउ

    इटहरी । खैरो हेरोइनजस्तो देखिने वस्तुसहित प्रहरीले इलाममा दुुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ का २२ वर्षीय रोशन लिम्बू र सोही स्थानका २२ वर्षकै लिलाबहादुर लिम्बूू रहेका छन् । प्रहरीले राजमार्गमा चेकजाँच गर्नेक्रममा इलाम नगरपालिका–९ सेरामा उनीहरू सवार मे। १ च। ४५२५ नम्बरको पिकअप गाडीबाट ३८० मिलिग्राम लागुऔषधजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उक्त गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुुसन्धान थालिएको प्रहरी निरीक्षक सञ्जिव बोगटीले जानकारी दिनुुभयो ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • २०७ पटक पढिएको
  • ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    इटहरी। ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आधा दर्जन सामुदायिक विद्यालयमा अध्ययनरत २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विपन्नताका कारण पढाइबाट वञ्चित हुन नपरोस् साथै विद्यार्थीको पढाइ अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङ विकास मञ्चले शैक्षिक सामग्री वितरण गरेको हो । दौंतारी नेपालको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङमा सोमबार एक कार्यक्रम आयोजना गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई शैक्षिक सामग्री हस्तान्तरण

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • २७२ पटक पढिएको
  • एमालेकाे जरा अभियानमा अग्रजकाे सदस्य नविकरण गर्दै

    धरान  / सुनसरीको बाम आन्दोलनका उर्वर र ऐतिहाँसिक स्थान बलाहाका ८० बर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेलले नेकपा (एमाले)को २०८२ सालको सदस्यता नविकरण गर्नु भयो । त्यस्तै ९२ बर्षिय अग्रज नेता भवानी पोखरेलले पनि आफ्नो सदस्यता नविकरण गर्नु भयो । शनिवार नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएकाे को वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँले सदस्यता नविकरण गर्नु भएको हो । उहाँहरु जस्तै बलाहाका अग्रजहरू ७८ बर्षीय बाम बुद्धिजीवी अच्युत खतिवडा, ७४ बर्षीय बुद्धकुमार नेपाल, ७३ बर्षीय गणेश निरौला, ७० बर्षीय मननारायण  श्रेष्ठलगायत व्यक्तित्वहरुले पार्टी सदस्यता नवीकरण गर्नु

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ५०७ पटक पढिएको
  • विश्व आर्दश एकेडेमीद्वारा राष्ट्रपति रनिङ शिल्ड र हिसान स्पोर्ट्स मिटका उत्कृष्ट विद्यार्थीलाई सम्मान

    इटहरी । पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको इटहरीस्थित विश्व आर्दश एकेडेमीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा हिसान स्पोर्ट्स मिटमा उत्कृष्ट प्रदर्शन गर्ने ८० भन्दा बढी विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।एकेडेमीले एक विशेष सम्मान समारोह आयोजना गरी विभिन्न खेल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गर्दै हौसला दिएको हो। सम्मान समारोहमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो। साथै, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश शाह, एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे, प्राचार्य गणेश दुलाल लगायत अन

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ४२६ पटक पढिएको
  • सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र स्थापनाका लागि प्राविधिक टोली द्धारा स्थलगत निरीक्षण

    इटहरी ।  सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र स्थापनाका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण थालेको छ । सोलु दुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले दुई साताअघि नेपाल आयल निगमको केन्द्रीय कार्यालयसँग फाप्लु विमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र राख्न माग गरेपछि टोली सम्भाव्यता अध्ययनका लागि फाप्लु आएको हो । पर्यटक आउने मौसममा हजारौँ पर्यटक पुग्ने खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा जुनसुकै बेला हवाई उडान रद्द हुने र पर्यटक तथा सहयोगीको बिचल्ली हुने समस्याको समाधानका लागि हवाई इन्धन भण्डारण केन्द्र राख्न माग गरे अनुसार छिटै काम सुरु भएकोेमा खुसी व्यक

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ३७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]