इटहरी । पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको इटहरीस्थित विश्व आर्दश एकेडेमीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा हिसान स्पोर्ट्स मिटमा उत्कृष्ट प्रदर्शन गर्ने ८० भन्दा बढी विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।

एकेडेमीले एक विशेष सम्मान समारोह आयोजना गरी विभिन्न खेल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गर्दै हौसला दिएको हो। सम्मान समारोहमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो। साथै, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश शाह, एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे, प्राचार्य गणेश दुलाल लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

विश्व आर्दश एकेडेमीका विद्यार्थीहरूले राष्ट्रपति रनिङ शिल्ड, हिसान स्पोर्ट्स मिट लगायतका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उच्च बनाएका छन्। विद्यालयले फुटबल, भलिबल, दौड, कबड्डी, एथलेटिक्स लगायतका खेलहरूमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ। यसै क्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न स्तरका प्रतियोगितामा स्वर्ण, रजत, कास्य पदक जित्न सफल भएका छन्।

विद्यालय प्रशासनले खेलकुद क्षेत्रलाई विद्यार्थीहरूको शारीरिक र मानसिक विकासको आधार भन्दै यसलाई अझ प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। प्राचार्य गणेश दुलालका अनुसार, "हाम्रो विद्यालयले पढाइ मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिँदै आएको छ। विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिएको छ।"

कार्यक्रममा प्रमुख अतिथि मिना श्रेष्ठले विद्यालयले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भनिन्, "विश्व आर्दश एकेडेमीले शिक्षा मात्र होइन, खेलकुदमा पनि अग्रसर भई विद्यार्थीहरूलाई बहुआयामिक रूपमा सक्षम बनाइरहेको छ। विद्यालयको यस प्रकारको योगदान इटहरीकै मात्र नभई सिंगो प्रदेशका लागि उदाहरणीय छ।"

कार्यक्रमको विशेष आकर्षण भनेको विद्यालयका विभिन्न खेल प्रशिक्षकहरूलाई सम्मान गर्नु पनि रहेको थियो। विद्यालयका प्रशिक्षकहरूलाई खेलकुद प्रशिक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। प्रशिक्षकहरूले विद्यालयले खेलकुदलाई दिएको प्राथमिकताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यार्थीहरूलाई अझ राम्रो प्रशिक्षण दिने प्रतिबद्धता जनाए।

सम्मान कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। नृत्य, गायन, नाटक तथा विविध प्रस्तुतिमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै विद्यालयको बहुआयामिक शिक्षण पद्धतिको सराहना गरे।

कार्यक्रममा एकेडेमीका सहायक प्राचार्य रितेश चौधरी, कार्यक्रम निर्देशक हरिप्रसाद खतिवडा, कलेज कोर्डिनेटर माधवकुमार थापा, खेल प्रशिक्षक, शिक्षकहरू तथा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विश्व आर्दश एकेडेमीले खेलकुद र शिक्षालाई समान रूपमा प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई शारीरिक, मानसिक, बौद्धिक रूपमा सबल बनाउन निरन्तर प्रयास गरिरहेको छ। विद्यालयले भविष्यमा पनि यस्ता सम्मान कार्यक्रम आयोजना गर्ने तथा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखेको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो, जसले विद्यार्थीहरूमा थप ऊर्जा, प्रेरणा र हौसला प्रदान गरेको विद्यालय प्रशासनले जनाएको छ।