All Posts By कोशी प्रेस

    Showing ७,६११-७,६२० of १३,७४३ items.
  • जिल्ला स्तरिय अर्धवार्षिक प्रगति समिक्षा

    इटहरी । पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटामा खानेपानीका लागि २ अर्व ५० करोड र सडकका लागि करिब १ अर्व बजेट आएको बताउनु भएको छ ।  धनकुटामा जिल्ला स्तरीय अर्धवार्षिक समीक्षा तथा अन्तरक्रियात्मक छलफल कार्यक्रमको बुधबार उद्धाटन गर्दै पूर्वमन्त्री राईले जिल्लाका हरेक कार्यक्रम गर्दा जनताका गरिबी कम हुने, आम्दानी बढ्ने तथा सुशासनको कायम हुनुपर्ने बताउनु भएको छ । पूर्वमन्त्री राईले मुलुकको विकासको लागि दुई ठूला पार्टी मिलेर सरकार बनाउनु परेको बताउनु भएको छ । उहाँले सानासाना पार्टी मिलेर बनेको सरकारले देशको अर्थतन्त्र र सुशासनलाई हल गर्न नसकेकाले ठूला पार्टी मिलेर सरका

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • १२६ पटक पढिएको
  • ‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

    इटहरी  । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सिमानास्थित सुखानीको जङ्गलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी  हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज बिहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्प

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • २०७ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विद्यालय–विद्यालय पुगेर विद्यार्थीको आँखा परीक्षण

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विद्यालय विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गर्न सुरु गरिएको छ। आँखामा समस्या भए समयमै निदान गर्न विद्यालय विद्यालयमा पुगेर बालबालिका अर्थात विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो। सिदिङ्वा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरी विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो। गाउँपालिकाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गर्नेगरी सोमबारदेखि शिविर सुरु गरिएको छ। शिविरको दोस्रो दिन मङ्गलबार  वडा ३ आङ्खोपमा

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • १८५ पटक पढिएको
  • कोशी अस्पतालका कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

    इटहरी । कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चौधरीले नेपाल स्वास्थ्य व्यावसायी परिषद्को सदस्य हुन् भनी तथा राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएससी तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी रेडियोग्राफर पदमा मिति २०७२  माघ १ गते नियुक्ति लिई सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेका हुन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई म

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • १६४ पटक पढिएको
  • ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । वडाध्यक्ष तेजकुमार चोङबाङका अनुसार सान्थाक्राको आङचोक सडकखण्डमा केदेमको शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला पारिएको छ । उहाँलाई मालबाहक गाडीले किचेको स्थानीयले अनुमान गरेको वडाध्यक्ष चोङबाङले बताउनुभयो । घटना मङ्गलबार साँझ करिब ८ बजेको समयमा भएको हुनसक्ने स्थानीयको अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार मृतकको टाउको र पेटको भाग छताछुल्ल अवस्थामा रहेको छ। घटनास्थलमा अहिले प्रहरीले कानुनी प्रक्रियाको कार्य सुरु गरेको जिल्ला प्रहरी

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • २३० पटक पढिएको
  • अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पताल अन्तिम चरणमा

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यो अस्पताल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय सरकार प्रतिबद्ध देखिएका छन्।गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले निर्माण स्थलको निरीक्षण गरेको छ। अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, योजना अधिकृत शालिग्राम लुइटेल, वडाध्यक्ष कुमार कार्की, प्राविधिकहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। टोलीले अस्पताल निर्माणको प्रगति, प्रयोग

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ४५३ पटक पढिएको
  • खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ

    इटहरी। प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत ९कृष्ण० विरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ मुद्दामा उच्च अदालत विराटनगरमा लिखित जवाफ पेस गरेका छन् । उच्च अदालत विराटनगरमा आइतबार पुगेर बस्नेतले  अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ बुझाएका हुन् । ‘विपक्षीले उल्टै सम्मानित अदालतबाट भएको आदेश पालना नगरी पदीय जिम्मेवारी कार्य नगरी मोरङ जिल्ला खेलकुद क्षेत्रलाई कलुषित तुल्याई हानी नोक्सानी पार्ने नियत राखी पदीय जिम्मेवारीको कामकाज नगरी विपक्षी निवेदक आफैले सम्मानित अदालतको अवेहलान गरी हिड्नु भएको अवस्थामा विपक्षीको निवेदन खारेज गर्न अनुरोध गर्दछु,’ पर्शुरामले अदालतमा बुझा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • १४५ पटक पढिएको
  • ग्रामथान गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    मोरङ | मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा कोचिला मिडिया प्रा.लि. दुहबीको सहजीकरणमा आयोजित यो कार्यक्रममा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।ग्रामथान गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्य लिएको थियो। कार्यक्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ५०९ पटक पढिएको
  • अध्यक्ष गुरुङद्वारा स्ववियु चुनावमा नेविसंघका उम्मेदवार विजयी बनाउन तरुणहरूलाई निर्देशन

    सुनसरी | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई विजयी गराउन विशेष भूमिका खेल्न तरुण दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।मंगलबार, अध्यक्ष गुरुङले नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू तथा अन्य सक्रिय तरुणहरूलाई एक परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा वातावरण निर्माण गर्न, व्यापक रूपमा प्रचारप्रसारमा जुट्न र उम्मेदवारलाई जिताउन प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका हुन्।परिपत्रमा उनले तरुण दलका सबै जिल्ला समिति, क्षेत्रीय समिति र सम्बन्धित

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ५८५ पटक पढिएको
  • खेलाडीबाट दलका नेता कार्यकर्ताले अनुशासन सिक्नुपर्छ: कोइराला

    इटहरी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले खेलाडीबाट राजनैतिक दलका नेता कार्यकर्ताले अनुशासन सिक्नु आवश्यक रहेको बताउनुभएका छन् । विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले दलका नेता तथा कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नुपर्नेमा जोड दिए । नेता कोइरालाले राज्यले खेलकुद क्षेत्रमा गर्दै आएको लगानी बढाउनुपर्नेमा जोड दिए । खेलकुदमा लगानी बढाएर विद्यालयस्तरदेखि नै विभिन्न खेलकुद गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हुनै आएको खर्च घट्ने उनको दाबी थियो । विराटनगर महानगरपालिकाका म

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]