All Posts By कोशी प्रेस

    Showing ७,६८१-७,६९० of १३,७४३ items.
  • खोटाङको घोपाटारस्थित माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा

    इटहरी । खोटाङको घोपाटारस्थित माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा पुर्‍याइएको छ । दूधकोसी छेउमै बस्ती रहे पनि सिँचाइको अभाव हुँदा लिफ्टिङमार्फत कोसीको पानी तानिएको हो । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारमा ३३ घर माझी समुदायको बसोवास रहेको छ । तीन घर अन्य समुदायका पनि रहेका छन् । सबै घरलाई सिँचाइ सुविधा पुग्ने गरी लिफ्टिङ गरिएको घोपाटार सिँचाइ आयोजनाको औपचारिकरूपमा उद्घाटन गरिएको छ । सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आयोजनाको उद्घाटन गर्नुभएको हो । डिसिआरयाल(जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजनाले ५५ लाख ६७ हजार लगानीमा दूधकोशीको पानी घोपाटार न

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • १९४ पटक पढिएको
  • अनेरास्ववियूद्वारा शिक्षाशास्त्र प्रथम वर्ष विद्यार्थी कमिटि गठन

    इटहरी ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू भोजपुर बहुमुखी क्याम्पस तयारी समिती अन्तर्गत शिक्षाशास्त्र संकाय प्रथम वर्षका विद्यार्थीहरूको नयाँ कार्य किमिट गठन गरिएको छ। नवगठित कमिटिको अध्यक्षमा अभियान राई चयन भएका छन् भने स्वस्तिका लिम्बू उपाध्यक्ष, विनिता सुवेदी सचिव, अनिशा राई सहसचिव तथा रिता राई कोषाध्यक्ष चयन भएका छन्। साथै, निरज तामाङ, सुवास राई, इन्द्रमाया कार्की, एलिना घिसिङ, पूजा तामाङ, र निरुता राई सदस्यका रूपमा चयन भएका छन्। कमिटिको घोषणा भोजपुर बहुमुखी क्याम्पसमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो। उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय  महाधि

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • २८५ पटक पढिएको
  • झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

    इटहरी । झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १(१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो । एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जा

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • २६८ पटक पढिएको
  • प्रेम सम्बन्धले लियो चाँदनीको ज्यान , आमाबाबुसहित ६ जनाविरुद्ध मुद्दा

    इटहरी । हत्यापछि खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेकी १४ वर्षीया चाँदनी यादवको प्रेम सम्बन्धका कारण ज्यान गएको खुलेको छ। यो घटनामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भको छ। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यानसम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरेको हो। चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यले गरेको पत्ता लागेको छ।  विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै माघ ११ गते दिउँसो चाँदनीको हत्या भएको थियो। घाँटी थिचेर हत्या गरेपछि राति मामाघर नजिकै खाल्डो खनेर शव गाडेको पाइएको  म

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १८७ पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित ९ जना पक्राउ

    इटहरी । झापा, मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले ९ जनालाई पक्राउ  गरेको छ । फागुन १३ गते दिउसो लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर महानगरपालिका(१५ स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी नगरपालिका(६ का ३२ बर्षीय सन्नी लामा को साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र मोरङ सुनबर्षि नगरपालिका(१ का २२ बर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरी शनिश्चरे नगरपालिका(६ का २२ बर्षीय अनिल राईको साथबाट  २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।  यसैगरी फागुन

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • २३१ पटक पढिएको
  • सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो ।

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १६२ पटक पढिएको
  • इटहरीमा फागुन १८ र १९ गते कोशी मिनी यन्त्र ३.० आयोजना

    इटहरी / नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्य सहित कोशी मिनी यन्त्र ३.० आयोजना गरिँदैछ । यस वर्षको संस्करण फुजिसन  सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सम्पन्न हुने भएको छ । बुधबार फुजिसन  सगरमाथा बोडिङ स्कुलको सभाहलमा  रोबर्टस एसोसिएसन अफ नेपाल इस्ट द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत फागुन १८ र १९ गते  कोशी मिनी यन्त्र ३.० आयोजना  हुने जानकारी गराइएको होे ।  विद्यार्थीहरूलाई प्रविधि र नयाँ विचारमा संलग्न गराउनु, व्यावहारिक सिकाइ र समस्या समाधान क्षमताको विकास गराउनु, प्रविधि–आधारित उद्यमशीलता र अनु

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ४०० पटक पढिएको
  • पाथीभरा केबलकार झडपस् थप दुई जना पक्राउ

    इटहरी। पाथीभरा केबलकार विवादको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । पाँचथर याङवरक गाउँपालिका २ की ४३ वर्षीय इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ बजारको विरेन्द्रचोक शनिवार साँझ भएको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनापश्चात् फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ नगरपालिका ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि १५ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानलाई जारी राखेको छ । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १७१ पटक पढिएको
  • मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति अन्योलमा, बजेट फ्रिज हुने खतरा

    इटहरी   । माथिल्लो सगरमाथाका तीन जिल्लासहित पाँच जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति गरी कालोपत्रे गर्न सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकम फ्रिज हुने अवस्थामा पुगेको छ । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाका रूपमा स्रोत सुनिश्चित गर्न आनाकानी गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालयले हालसम्म ठेक्का प्रव्रिmया सुरु गर्न सकेको छैन । सरकारले जारी गरेको चालु आवको बजेट खर्च हुने सात महिनाको समय व्यतीत भइसक्दा पनि उक्त सडकको स्तरोन्नतिका लागि  कुनै प्रव्रिmया थालनी गर्न

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ३१८ पटक पढिएको
  • खोटाङको जङ्गलमा महिला र पुरुष मृत फेला

    इटहरी । खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन् ।  वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जङ्गलमा दुवै जना मृत अवस्थामा भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाटीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको छ । सोही गाउँका अन्दाजी १९÷२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन् । महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला परेका हुन्

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]