इटहरी ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू भोजपुर बहुमुखी क्याम्पस तयारी समिती अन्तर्गत शिक्षाशास्त्र संकाय प्रथम वर्षका विद्यार्थीहरूको नयाँ कार्य किमिट गठन गरिएको छ। नवगठित कमिटिको अध्यक्षमा अभियान राई चयन भएका छन् भने स्वस्तिका लिम्बू उपाध्यक्ष, विनिता सुवेदी सचिव, अनिशा राई सहसचिव तथा रिता राई कोषाध्यक्ष चयन भएका छन्। साथै, निरज तामाङ, सुवास राई, इन्द्रमाया कार्की, एलिना घिसिङ, पूजा तामाङ, र निरुता राई सदस्यका रूपमा चयन भएका छन्। कमिटिको घोषणा भोजपुर बहुमुखी क्याम्पसमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो। उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय  महाधिवेशन आयोजक कमिटि सदस्य प्रकाश सिंह राई तथा युवा संघ नेपाल केन्द्रीय स्थायी समिति सदस्य सन्दीप राई को विशेष उपस्थिति रहेको थियो।कमिटिको औपचारिक घोषणा गर्दै अनेरास्ववियूले विद्यार्थी अधिकारको संरक्षण, शिक्षाको गुणस्तर अभिवृद्धि, तथा संगठनको सुदृढीकरणमा नवगठित समितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। साथै, संगठनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यार्थी हकहितका सवालमा सशक्त रूपमा अगाडि बढ्न आह्वान गरेको छ ।