All Posts By कोशी प्रेस

    Showing ७,७३१-७,७४० of १३,७४३ items.
  • यातायात व्यवसायीद्वारा ताप्लेजुङ रुटमा चल्ने यातायात सेवा बन्द

    इटहरी ।  मुक्कुमलुङ केबलकारको विवादको कारण हिजो बिहीबार राती ताप्लेजुङमा गाडी तोडफोड, चालकलाई कुटपिटको विरोधमा यातायात व्यवसायीहरूले नै ताप्लेजुङ रुटमा चल्ने सबै नाकाहरूको यातायात सेवा बन्द गरेका छन् । ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा।ली।ले हिजै राती विज्ञप्ति जारी गर्दै यातायात बन्दको जानकारी गराएको हो । विज्ञप्तिमा पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले मे(१(ज(२५७९ नम्बरको सवारी साधनमा क्षति पुर्‍याउनु साथै चालक राजकुमार पौडेललाई मरणासन्न हुने गरी कुटपिट गरेको उल्लेख छ । उक्त घट्नाको सवारी चालक मजदुर सङ्घद्वारा घोर भर्त्सना गर्दै फागुन ९ गते

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ३०५ पटक पढिएको
  • जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

    इटहरी। उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार सो दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीनको

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ३४४ पटक पढिएको
  • नेपाल प्रहरीको टोली द्वारा ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार

    इटहरी । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्था

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • २९३ पटक पढिएको
  • मदन भण्डारी राजमार्ग, रुखमा छपान सुरु

    इटहरी  । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गका वन क्षेत्रका रुख कटानका लागि छपान सुरु भएको छ । राजमार्गको मोरङ खण्डमा २०।९४३ हेक्टर वन क्षेत्रका २ हजार १६३ वटा रुख कटान लागि हाल धमाधम छपान भइरहेको छ । कोशी प्रदेशभित्र पर्ने आयोजनाको निर्माणधीन ९५।८ किलोमिटर लम्बाइको यस सडकको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । सडकको ४६ दशमलव ४९ किमी सडक निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको ३६।३२३ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा पर्ने सात हजार ७१० वटा रुख÷पोल हटाउन योजना कार्यालय र वन तथा भूसंरक्षण विभागबिच २०८१ को माघ २० गते सम्झौता भएपछि रुखमा छपान सुरु भ

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • १५१ पटक पढिएको
  • पाँचथरमा ७ हजार बढीले लगाए एचपिभि खोप

    इटहरी  । पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको एचपिभि खोप लगाइएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ कार्यालय पाँचथरले जनाएकोे छ । जिल्लाभित्रका विद्यालयमा अध्ययन गर्ने ७ हजार ४ सय १६ र विद्यालय नजाने १ हजार ५ सय ३६ गरी ८ हजार ९ सय ५२ किशोरी रहेकोमा कक्षा ६ र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरु गरी जम्मा १४ सय ६८ जनालाई र कक्षा ७ देखि १० का किशोरीहरु र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ६ हजार ४ सय ५० लाई एचपिभि खोप लगाइएको

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • १२० पटक पढिएको
  • ताप्लेजुङको फुङ्लिङमा एभरेष्ट बैंकको शाखा

    इटहरी। एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । बैंकको १३१ औं शाखाका रुपमा फुङ्लिङ शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो । शाखाको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठलगायतले उद्घाटन गर्नुभएको छ । यस्तै, कार्यक्रममा बैंकका उपप्रशासकीय अधिकृत विजयकुमार शर्मा, फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा लगायतको उपस्थिति थियो । फुङ्लिङ बजारको कोप्चे जिमीपोखरी टोलमा बैंकका शाखा स्थापना भएसँगै औपचारिक रुपमा बैंकिङ कारोबार सुरु भएको शाखा प्रबन्धक लवकुमार

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • १६३ पटक पढिएको
  • सुनसरीको कोशी गाउँपालिकामा कर प्रणालीका विषयमा सरोकारवालाबिच संवाद

    इटहरी । सुनसरीको कोशी गाउँपालिकामा स्थानीय तहको कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको कर सङ्कलन संयन्त्र र प्रकृतिको बारेमा रहेको अस्पष्टतालाई प्रष्ट पार्ने उद्देश्यका साथ कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद गरिएको हो । सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजना र कोशी गाउँपालिकाको समन्वयमा स्थानीयवासी, अधिकारकर्मी, राजनीतिकर्मी, वडा अध्यक्षसहित जनप्रतिनिधिहरुको सहभागीतामा कर प्रणालीको विषयमा संवाद कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफूहरुले जनमैत्री कर लगाएको बताउनुभयो । उहाँले स्थानीय सरका

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ७१ पटक पढिएको
  • इटहरी मोडल सेकेण्डरी स्कुलको २९ औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    इटहरी मोडल सेकेण्डरी स्कुलले  २९ औ अभिभावक दिवस तथा  पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिध्यालयका प्रिन्सिपल ज्ञानेन्द्र दाहाल को अध्यक्षता तथा बरिस्ठ संगितकार बुलु मुकारुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिध्यार्थीहरुको नृत्य,गायन, नाटकका साथै बिध्यार्थी हरुलाई बिभिन्न बिधामा पुरस्कार वितरण सहित भव्य कार्यक्रम गरी मनाइएको विद्यालयका  प्रिन्सिपल दाहालले बताउनुभयो। हाल इटहरी मोडलमा ७ सय भन्दा बढी विद्यार्थीहरू सुविधा सम्पन्न भवनमा अध्ययनरत रहेका छन् । डिजिटल माध्यमबाट पढाइ सुरु गरेको इटहरी मोडलमा विद्यालयले  गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले विद्या

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ५५० पटक पढिएको
  • बर्जूका २०० विपन्न परिवारलाई न्यानो कपडा वितरण

    सुबास घिमिरे। इटहरी / सुनसरी। बर्जू गाउँपालिका वडा नं ३ शिव मन्दिर परिसर मा आयोजित कार्यक्रम मा करिव १०० जना तथा वडा नं ६ को दैता पोखरी मा आयोजित कार्यक्रममा करिव १०० जना गरी करिव २०० जना  विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा पुर्व मन्त्री माननीय भगबती चौधरीज्यूको पहलमा स्वर्गीय बुवा मुक्तिनाथ घिमिरे तथा स्वर्गीय छोरा रोमन घिमिरेको स्मृतिमा बर्जू  ५ निवासी समाजसेवी गोविन्द प्रसाद घिमिरेको आर्थिक सहयोगमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।साथै सोहि कार्यक्रममा ११७ वर्षीय वृद्ध आमालाई ह्विल चेयर हस्तान्तरण गरिएको छ।

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ८०५ पटक पढिएको
  • मादीमा फागुन २९ गतेदेखि चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

    संखुवासभा | संखुवासभाको मादी नगरपालिकामा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यहीँ फागुन २९ देखि चैत्र ३ गतेसम्म मादी नगरपालिकाको कवर्ड हलमा हुने भएको छ । मादी नगरपालिकाको आयोजनामा पृथक पहिचान मादी नगरपालिकाको शान" नाराका साथ आयोजना हुन लागेको हो । यस प्रतियोगितामा Men’s Double, Women’s Double, र Men’s Double Veteran’s Open (Age sum 100+, above 35) विधाहरू समावेश गरिएका छन्। प्रतियोगिता Nepal Badminton Association (NBA) तथा Badminton World Federation (BWF) का नियमअनुसार सञ्चालन हुनेछ। खेलाडी दर्ताका लागि अन्तिम यहीँ फागुन २८ गत

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ७८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]