संखुवासभा | संखुवासभाको मादी नगरपालिकामा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यहीँ फागुन २९ देखि चैत्र ३ गतेसम्म मादी नगरपालिकाको कवर्ड हलमा हुने भएको छ । मादी नगरपालिकाको आयोजनामा पृथक पहिचान मादी नगरपालिकाको शान" नाराका साथ आयोजना हुन लागेको हो ।

यस प्रतियोगितामा Men’s Double, Women’s Double, र Men’s Double Veteran’s Open (Age sum 100+, above 35) विधाहरू समावेश गरिएका छन्। प्रतियोगिता Nepal Badminton Association (NBA) तथा Badminton World Federation (BWF) का नियमअनुसार सञ्चालन हुनेछ।
खेलाडी दर्ताका लागि अन्तिम यहीँ फागुन २८ गते साँझ ५ बजे तोकिएको छ। प्रति खेलाडी इन्ट्री शुल्क रु. १,०००/- र प्रति खेल भत्ता रु. ८००/- रहेको छ। खेल Yonex Shuttlecock Mavis 350 द्वारा खेलाइनेछ। खेलाडीहरूले Yellow, Red, तथा Black Card पाएमा क्रमशः रु. १,०००/-, २,०००/- र ३,०००/- जरिवाना तिर्नुपर्नेछ ।प्रतियोगितामा विजेता उपविजेता, तृतीय २ टिमहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल, तथा प्रमाणपत्र प्रदान गरिने जानकारी प्राप्त भएको छ ।
Men Double तर्फ प्रथमलाई  ७५ हजार, दोस्रोलाई ५० हजार, तृतीय दुबै टिमलाई  २०, २0  हजारका दरले दिइने छ । भने, Women’s Double विधा अन्तर्गत   प्रथमलाई  ४० हजार, दोस्रोलाई ३० हजार, तृतीयहुने दुबै टिमलाई  १०, १०  हजार रुपैयाको व्यवस्था गरिएको छ  ।
  Men’s Double Veteran’s Open ( Age Sum 100+, Above 35 ) विधामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तृतीय १०,   १० , हजारका दरले दिइने आयोजनाले जनाएको छ ।


प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय खेलाडीहरूलाई प्रतिस्पर्धा गर्ने अवसर दिनुका साथै मादी नगरपालिकालाई खेलकुद प्रवर्द्धन गर्ने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको मादी नगर प्रमुख जीवन लिथेंपले जानकारी दिनु भएको छ ।

खेलाडीहरूलाई निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा गर्न र प्रतियोगितालाई सफल बनाउन सबै खेलाडी, खेलप्रेमी, तथा स्थानीय समुदायलाई सहयोग गर्न मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  भक्त बहादुर भट्टराईले आह्वान गर्नु भएको छ ।

थप जानकारीका लागि तल जस्ता त्यस्तै 

Messenger_creation_332624AC-A2F5-4B4E-BAAB-E0781C160378 1