All Posts By कोशी प्रेस

    Showing ७,९०१-७,९१० of १३,७४३ items.
  • साजीलाल माध्यमिक विद्यालयमा टीकाराम, षडानन्द दाहाल स्मृति सामुदायिक विद्यालयस्तरीय अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगिता

    मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका-६, दुलारीस्थित साजीलाल माध्यमिक विद्यालयको आयोजनामा टीकाराम, षडानन्द दाहाल स्मृति सामुदायिक विद्यालयस्तरीय अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगिता भएको छ ।साजीलाल माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षतथा स्वर्गिय टिकाराम दाहाल र स्वर्गिय षडानन्द दाहालका पीता /विद्यालयका पूर्व प्रधानध्यापक पीताम्बर दाहालकोको प्रमुख अतिथिमा कार्यक्रम गरिएको हो ।हाजिरीजवाफ प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ। सुकुना माध्यमिक विद्यालय द्वितीय तथा जनता माध्यमिक विद्यालय, बुधबारे तृतीय स्थानमा आएका छन्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ७७३ पटक पढिएको
  • ताप्लेजुङमा केबलकारविरुद्धको बन्दका कारण अलपत्र ३९ तीर्थयात्रीको उद्धार

    इटहरी । ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं–१ कञ्चनजङ्घा गुल्मले उद्धार गरी हिजो पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको थियो । ‘नो केबलकार’ समूहले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकामा भित्रिने

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३३६ पटक पढिएको
  • मदन भण्डारी अस्पताललाई सय शैयाको बनाइने

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई सय शैयाको बनाइने बताउनुभएको छ । बिहीवार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अस्पतालको निरीक्षण तथा अवलोकन गरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सय शैयाको अस्पताल नभए ट्रमा सेन्टर अपुरो हुने र शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने बताउनुभयो । अस्पताललाई सय शैयामा बिस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८२–८३ सम्ममा अस्पताललाई पूर्ण जनशक्तिको बनाउने बताउँदै उहाँले जननेता मदन भण्डारीको नामसँग जोडिएको अस्पताललाई प्रदेशको

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३७२ पटक पढिएको
  • नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा युवराज शर्मा सर्वसम्मत चयन

    इटहरी । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा युवराज शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा ९एमाले० निकट मानिने कर्मचारी सङ्गठनको ‘सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔँ’ भन्ने नाराका भएको १२ औँ अधिवेशनले उपाध्यक्षमा उमादेवी राई, सचिवमा लक्ष्मण कार्की, सहसचिवमा विनोद निरौला र कोषाध्यक्षमा मनोजकुमार महतो सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा शरणलाल दास केवरत, केन्द्रीय प्रतिनिधिमा छत्रबहादुर खड्का, फडिन्द्र खत्री, महेश भण्डारी, रेखा राजभण्डारी, गङ्गाबहादुर कटवाल चयन हुनुभएको छ । अधिवेशनमा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष प्रभास शाहको उपस

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३५३ पटक पढिएको
  • फिदिममा पुरुषको बेवारिसे शव फेला

    इटहरी । फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा अन्दाजी ५५र६० वर्षीय आर्यन मुलको जस्तो देखिने मानिसको शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साहले जानकारी दिनुभएको छ । उहाँका अनुसार शवको पहिचान गर्न र घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १८, २०८१
    • १४९ पटक पढिएको
  • बिर्तामोडमा छोरी कुटपिट गर्ने बुबा पक्राउ

    इटहरी । साथीसँग घुम्न गएको भन्दै  १५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गरेको भन्दै प्रहरीले ४५ वर्षीय  प्रकाश भनिने निरकुमार विष्टलाई पक्राउ गरेको हो । विष्टले साथीसँग घुम्न गएको भन्दै छोरी स्वस्तिको पिलासले टाउको फुटाइदिएका थिए  भने बाँसको भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका थिए । आफू घरबाहिर भएका बेला श्रीमान्ले छोरीमाथि कुटपिट श्रीमती रेनुका विष्टले बताउनुभयो । यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ । उनलाई पक्राउ गरी इलाका प्र

    • प्रकाशित मितिः माघ १८, २०८१
    • १५० पटक पढिएको
  • सोलुखुम्बुमा भीषण हावाहुरी: सीमा प्रशासन कार्यालय र निजी घरमा क्षति

    इटहरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेस्थित सीमा प्रशासन कार्यालयको छानो हावाहुरीले उडाएको छ । बिहीबार तीव्र गतिमा चलेको हावाहुरीले कार्यालयको सिमेन्ट, ढुङ्गा, काठ र टिनको छानो भएको चारतले भवनको छानो उडाएको हो । सोही स्थानमा हावाहुरीले एउटा निजी घरको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । जसमा नाम्चेका स्थानीय पासाङल्हामु शेर्पाको ढुङ्गा माटोले बनेको दुईतले घरको टिनको छानो उडाएको छ । त्यस्तै, लामाकाजी शेर्पाको घरको छानो उडाएको छ भने निमानुरु शेर्पाको पाँच सय वाटको सोलार प्यानल

    • प्रकाशित मितिः माघ १८, २०८१
    • १४५ पटक पढिएको
  • प्रेस चौतारी नेपाल सुनसरीको आठौं जिल्ला अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

    इटहरी । प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशन इटहरीमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ । चौतरी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न अधिवेसनले लामो समयदेखि संगठनमा रहि पत्रकारिताको माध्यमबाट पुर्याउको योग्दानको मुल्यांकन गर्दै  अग्रज पत्रकार कृष्ण बिनोद लम्साल , किशोर कुमार कार्की , भीम राइ ज्वाला , देवेन्द्र कार्की ,लिलाराज भट्टराइ , भोजराज श्रेष्ठ, सन्तोष काफ्ले लगायतलाइ कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको उदयिमान पत्रकारिता पुरस्कारबाट बिराट टेलिभिजनकी पत्रकार सृर्जना ठाकुर , चौतारीकी अध्यक्ष सुभद्रा प

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३०७ पटक पढिएको
  • पुस्तकालयको ६३औँ साहित्यिक जागरण अभियानमा "गुप्त प्रेम" उपन्यासको परिचर्चा

    सुनसरी | पुस्तकालयको साहित्यिक जागरण अभियानको ६३औँ श्रृङ्खलामा युवा साहित्यकार मणि निरौलाद्वारा लिखित उपन्यास "गुप्त प्रेम" को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। पुस्तकालयका अध्यक्ष भैरबप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्ण अधिकारी रहेका थिए। कार्यक्रमको उद्घोषण कवि कालिदासले गरेका थिए।परिचर्चा कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण विनोद लम्साल, कार्यक्रम संयोजक टीका मिलन, प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरी अध्यक्ष विमला पोख्रेल, कलाकार कृष्णप्रसाद नेपाललगायत थुप्रै साहित्यकार तथा स्रोता सहभागी भएका थिए।कार्यक्रमका क्रममा उपन्यासका विशेषताबारे

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३३३ पटक पढिएको
  • सिमरबना बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम

    इटहरी – सिमरबना बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वित्तीय सचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न सम्मान तथा रक्तदान कार्यक्रम संचालन गरियो।कार्यक्रमका अवसरमा असल बालबचतकर्ता, असल बचतकर्ता सेयर सदस्य, असल ऋणी सदस्य, तथा सेयर सदस्यका जेष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरियो। साथै, २०८० सालको SEE परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू तथा उच्च शिक्षामा सर्वश्रेष्ठ अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरियो।सहयोगी भावन

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ४५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]