इटहरी । प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशन इटहरीमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ । चौतरी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न अधिवेसनले लामो समयदेखि संगठनमा रहि पत्रकारिताको माध्यमबाट पुर्याउको योग्दानको मुल्यांकन गर्दै अग्रज पत्रकार कृष्ण बिनोद लम्साल , किशोर कुमार कार्की , भीम राइ ज्वाला , देवेन्द्र कार्की ,लिलाराज भट्टराइ , भोजराज श्रेष्ठ, सन्तोष काफ्ले लगायतलाइ कदर पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको उदयिमान पत्रकारिता पुरस्कारबाट बिराट टेलिभिजनकी पत्रकार सृर्जना ठाकुर , चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेल द्वारा स्थापित कौशीला खतिवडा स्मृती पत्रकारिता पुरस्कारबाट धरान कृती टेलिभिजनका वसन्त वान्तवा , अमर फाउन्डेसन द्वारा स्थापना गरिएको अमर स्मृती पत्रकारिता पुरस्कारबाट मोरङका बिक्रम लुइटेललाइ नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । अधिवेसनमा उपस्थित बक्ताहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका समस्या , चुनौती र सामधान हुनुपर्ने विषयहरूमा चर्चा र बक्तब्य दिएका थिए ।
प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनमा कोशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राइ , कोशी सरकारका कानुन मन्त्री रेवती रमण भण्डारी , संघिय सरकारका पूर्व मन्त्री भानुभक्त ढकाल ,लक्षमण तिवारी , प्रेस चौतारी कोशी अध्यक्ष अविजाल विस्ट , एमाले प्रचार प्रसार समिती संयोजक भीम राइ ज्वाला , नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खडका लगायतले सुभकामना मन्तब्य राखेका थिए । यसै बिच प्रेस चौतारी सुनसरीको ८ औ अधिवेसनले विकाश चाम्लिङको अध्यक्षतामा नया कार्य सकिती चयन गरेको छ ।

जसमा उपाध्यक्ष ,बिकल पौडेल , सिमा वस्नेत, सचिव सुदिप पोख्रेल ,सह सचिव लक्षमण कटवाल ,समावेसी सह सचिव तर्फ सुमित्रा राइ सञ्जु कोषाध्यक्ष रोसन दाहाल सर्व सम्मत चयन हुनुभएको छ । त्यस्तै सदसयहरूमा जिवन विस्ट ,निर्मला पोडेल , मौसमी कार्की , रूद्रराज शर्मा जमरकट्टेल , मित्र क्षेत्री , राजन घिमिरे , सचिन राइ ,आदेश गौतम , रूपक पराजुली ,सनम तामाङ र विकी श्रेष्ठ चयन भएका छन । अधिवेसनको बन्द सत्रले केन्द्रिय पार्षदमा अग्रज पत्रकारहरू शशी कोइराला , प्रेम बास्तोला , भोजराज श्रेष्ठ,सुभद्रा प्याकुरेल , हिमाल दाहाल , कृष्ण बहाव , केशव प्रसाद भट्टराइलाइ चयन गरेको छ । त्यस्तै भेलाले प्रदेश पार्षदमा शैलेन्द्र चौधरी , भोला श्रेष्ठ , रेवती निरौला , शिशिर भट्टराइ , बाबुराम खडका , रूमा रिजाल र यशोदा सेनेलाइ चयन गरेको छ ।


