All Posts By कोशी प्रेस

    Showing ८,०११-८,०२० of १३,७४३ items.
  • पशुमा लम्पी स्किनको प्रकोप

    इटहरी। ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ । गाउँपालिका ८ र ९ का किसानले पालेका पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप देखिएको हो ।  छिमेकी जिल्ला रामेछापबाट खरिद गरेर ल्याईएका भैँसी र गोरु लगायत गरि आधा दर्जन बढी पशुचौपायमा लम्पीको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । लम्पी स्किनसँग मिल्दो जुल्दो रोगको संक्रमण देखिएसँगै महामारीको रुपमा फैलन नदिन किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिकाको पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा। रोशन पौडलले बताउनुभयो। प्रभावित क्षेत्रमा पशु प्राविधिकहरु खटाइएको पौडेलको भनाइ छ । आवश्यक रोग पहिचान र

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २१९ पटक पढिएको
  • कोसीका पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा नदिन अदालतको आदेश

    इटहरी। कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्वव थापालाई सरकारले हलुका सवारीसाधन दिन गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ । थापा सत्तासीन दल कांग्रेस संसदीय दलका नेता पनि हुन् । थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले सोमबार अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले रिटको सुनुवाइ गर्दै सुविधा नदिन आदेश दिएको हो । सरकारको निर्णयविरुद्धअधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले गत पुस २१ गते रिट दायर गरेका थि

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २६७ पटक पढिएको
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    इटहरी । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र। १–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक धरान उपमहानगरपालिका–८ बस्ने ४८ वर्षका सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्र

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २१८ पटक पढिएको
  • खुकुरी प्रहार गरेको आरोपमा पाँचजना पक्राउ

    इटहरी। साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा सुनसरीमा पाँचजना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।  उक्त आरोपमा पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन् । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हु

    • प्रकाशित मितिः माघ ८, २०८१
    • १४५ पटक पढिएको
  • रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित

    इटहरी । वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५।८ किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् । वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए । उनका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्छ । वनको ५१ हेक्टर जग्गामा १३ हजार ८३४ वटा रुख कटान गर्नुपर्ने भएकाले भोगाधिकार र रुख कटा

    • प्रकाशित मितिः माघ ८, २०८१
    • १५४ पटक पढिएको
  • राष्ट्रपतिद्वारा माघ १८ गते शुरू हुनेगरी संसद् अधिवेशन आह्वान

    कठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसका आधारमा माघ १८ गते शुक्रबार दिउँसो १स्०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २५० पटक पढिएको
  • हर्क साम्पाङको खाली गाग्री प्रहरी नियन्त्रणमा

    कठमाडौं । खानेपानीको समस्याका कारण सिंहदबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङको गाग्री प्रहरीले नियन्त्रणम लिएको छ । एक दिन अगाडि देखि नै रितो गाग्री सहित काठमाडौंको सडकमा विरोद्ध प्रदर्शन गर्दै आएका हर्क सम्पाङ आज सिंहदरवारस्थित खानेपानी मन्त्रालय पुगेका हुन् । उनी रितो ग्रागीसहित खानेपानी मन्त्रालय प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले मन्त्रालय प्रवेशमा रोक लगाएको हो । त्यस्तै सम्पाङले बोकेको रितो गाग्री प्रहरीले निय्रन्त्रणमा लिएको छ । धरनालाई खानेपानी माग्दै मेयर सम्पाङ रितो गाग्री बोकेर माघ ७ गते सोमवार नै काठमाडौ आइपुगेका हुन् । संघीय सरकारले खानेपानी समस्या समाधान नगरेकोले उनी

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २५७ पटक पढिएको
  • विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

    इटहरी । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको नौ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जनक आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा ५ वटा विद्यालयका ९ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । वडाका जनक आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, विराट प्रावि, श्रीराम प्रावि र बिघी प्राविका ९ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिए । कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार

    • प्रकाशित मितिः माघ ८, २०८१
    • १५५ पटक पढिएको
  • कोशी प्रदेशमा पुरानो नियमावलीबाटै सभा सञ्चालन, नयाँ नियमावली संसदमा पेस गर्न विपक्षको माग

    इटहरी । प्रदेश सभाको निर्वाचन भएको दुई वर्षसम्म पुरानै नियमावलीबाट सभा सञ्चालन गरिरहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० ले प्रदेश सभा नियमावली तत्काल संसद्मा पेस गर्न माग गरेको छ । सोमबारबाट सुरु भएको प्रदेश सभाको छैटौँ अधिवेशनमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभाले लाखौँ रुपियाँ खर्च गरेर तयार पारेको प्रदेश सभा नियमावलीको ड्राफ्ट सभामा पेस गर्न माग गर्नुभएको हो । उहाँले नयाँ नियमावलीबाट सदन नचलाएर विरोध गर्ने बताउनुभयो । कोशी प्रदेश सभा २०७४ कै नियमावलीमा सामान्य संशोधन गरी सञ्चालन हुँदै आएको छ । विपक्षी दलका नेता आङ्बोले प्रदेशवासीले सरका

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २३८ पटक पढिएको
  • दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

    इटहरी।  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१र८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार ९साउन–पुस० सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०र८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]