कठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसका आधारमा माघ १८ गते शुक्रबार दिउँसो १स्०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।