कठमाडौं । खानेपानीको समस्याका कारण सिंहदबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङको गाग्री प्रहरीले नियन्त्रणम लिएको छ । एक दिन अगाडि देखि नै रितो गाग्री सहित काठमाडौंको सडकमा विरोद्ध प्रदर्शन गर्दै आएका हर्क सम्पाङ आज सिंहदरवारस्थित खानेपानी मन्त्रालय पुगेका हुन् । उनी रितो ग्रागीसहित खानेपानी मन्त्रालय प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले मन्त्रालय प्रवेशमा रोक लगाएको हो । त्यस्तै सम्पाङले बोकेको रितो गाग्री प्रहरीले निय्रन्त्रणमा लिएको छ । धरनालाई खानेपानी माग्दै मेयर सम्पाङ रितो गाग्री बोकेर माघ ७ गते सोमवार नै काठमाडौ आइपुगेका हुन् । संघीय सरकारले खानेपानी समस्या समाधान नगरेकोले उनी दवाद दिनका लागि रितो गाग्री सहित काठमाडौं आइपुगेका हुन् । यतिबेला उनलाई प्रहरीले गाग्री सहित सिंहदरवारमा प्रवेश गर्न रोक लगाएको छ । उनको खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।