इटहरी। ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो । उक्त पुल निर्माणका लागि सङ्घीय सरकारबाट सात करोड बजेट सुनिश्चितता भएसँगै पुल बन्ने आशा पलाएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । ओखलढुङ्गाका सङ्घीय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा पुल बन्ने बजेटको स्रोत सुनिश्चितता भएको प्रमुख खनालले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिका–११ को हुलाकडाँडादेखि वडा नं। १२ को वीरेन्द्रपार्कसम्म पर्यटकीय पुल बने सँगै नगरपालिका र समग्र जिल्लाको पर्यटन प
इटहरी । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे तथा विधेयक अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको हो । आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरिसकेको छ । आजको बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्नुहुनेछ भने केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ सभामा पेस गर्नुहुनेछ । यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन गर्न सभामा पेस हुनेछ । सोमबारको बैठकमा मुख्य महान्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्तसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको व
इटहरी । सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयहरूको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीको बौद्धिक विकासका साथसाथै शारीरक, नैतिक र सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्यले हिसान स्पोर्टस् मिटको तयारी गरेको जनाएको छ । सुनसरीव्यापी बृहत् खेलकुद सप्ताह सञ्चालन गर्दै आइरहेको हिसानले माघ १३ गतेबाट ११ औं हिसान स्पोर्टस् मिट गर्ने तयारी गरेको हिसानका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हिसान स्पोर्टस् मिटमा
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक साता सम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिनुभयो । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको का
इटहरी । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको सात अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६र७७ देखि सुरु भएको हो । हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा १० अर्ब १३ करोड रुपैयाँ बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्
सुबास घिमिरे सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिव ७० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहर सँगै चिसो अत्यधिक बढेपछि मेट लाइफ इन्सुरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले आयोजना गरेको हो भने कार्यक्रमको संयोजन फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गरेको थियो ।हिजो मात्रै सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ अन्तर्गत औरवानी पश्चिम टोल र गढी टोलका २०० विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरिएको थियो।कार्यक्रममा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा
इटहरी । नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा रहेको तथ्यांक पाइएको छ । जसमा निकृष्ट श्रममा २ लाख २२ हजार रहेको तथ्यांक पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा धनकुटा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । नेपालमा हाल १० देखि १४ वर्ष उमेर समूहका १५ दशमलब ३ प्रतिशत बालबालिका कुनै न कुनै रूपमा बालश्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गरिएको हो । जसमा सबैभन्दा धेरै कर्णाली प्रदेश र सवैभन्दा कम बागमती प्रदेश रहेको पाइएको छ । सरकारले सन २०२५ भित्रमा देशका सबै स्थानीय तहलाई बालश्रम मुक्त गर्ने लक्ष्य रा
काठमाडौं । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाउने छ । यसअघि पुस २६ गते बहस सकिएको मुद्दामा फैसला सुनाउनका लागि पुस २९ गते पहिलो पेसी तोकिएकोमा अन्तिममा सूचीबाट हटेकोमा आजका लागि निर्णय सुनाउने ९निसु० तोकिएको थियो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय उठेको भन्दै उक्त रिट पूर्ण इजलासमा पठाएको थियो । यसअघि राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरेको र त्यसलाई अनिवार्य गर्दा ज्येष्ठ
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा दुई जना समाजसेवीले दुई लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ। विद्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय डने शेर्पा र फुपुडोमा शेर्पाले सो अक्षयकोष स्थापना गर्नुभएको हो। विद्यालयका शिक्षक देउकुमार लिम्बूका अनुसार डने शेर्पाले एक लाख ५० रुपियाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो। उहाँ उक्त विद्यालयका संस्थापक तथा तत्कालीन लेलेप गाउँ पञ्चायतका प्रधानपञ्चसमेत हुनुहुन्छ। यस्तै फुपुडोमाले एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्नु भएको हो। उहाँ वर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य हुनुहुन्छ।
इटहरी। कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादन भएको तयारी चिया पूर्ण रूपमा निर्यात भइसकेको छ । तयारी चिया करिब सक्किएको इलामको साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले बताउनुभयो । यसैबिच नेपाली चियाको निर्यात बढाउन केन्द्रीय चिया सहकारी सङ्घले नेपालको सहकारी र फ्रान्सको एक सहकारीसँग सम्झौता गरेर चिया निर्यात थालेको छ । फ्रान्सको ‘इक्युटेबल कोअपरेटिभ’ सँग वार्षिक सम्झौता गरी चिया निर्यात थालेको सङ्घले जनाएको छ । विभिन्न विदेशी संस्थाबाट निरन्तर अर्गानिक प्रमाणीकरण भइरहेका सहकारीको चिया पठाउन थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.