इटहरी। सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उहाँको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ । नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष खेम
इटहरी। नवीनतम प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्साहित भएका हुन् । ‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन स्थानमा मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०–१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनीको रूपमा मकैखेती गरिरहेको छ । प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिङ्कलगायत मलखाद उपलब्ध गराइएको कार्यालयका निमित्त प्रमुख सागर व
धरान / नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको अध्यक्षमा रन्जित शाहको नेतृत्वमा १७ सदस्य कमिटी चयन भएको छ । नेकपा एमाले धरान पार्टी कार्यालयमा भएको नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको पुनर्गठन कार्यक्रम कोशी प्रदेश सभा सदस्य विजय राई को प्रमुख अतिथ्यता तथा नेकोस स्थायी कमिटी तथा पार्टी प्रदेश कमिटी सदस्य धरान इन्चार्ज सन्तोषी श्रेष्ठ, नेपाल खेलकुद महासङ्घ स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज भेसराज कार्की, नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा रन्जित शाहको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्ष
झापा – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार एक समूहले आक्रमण गरेको बताइएको छ। कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन्। उनको आँखा सुन्निएको बताइएको छ। उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ।विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ।
विराटनगर : नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित हुनुभएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्षमा राय निर्विरोध निर्वाचित हुनुभएको हो। २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर ( प्रभाकर ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित हुनुभएको महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालाले जानकारी दिनु भयो।दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई ग
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन ) द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। शुक्रबार पथरिशनिश्चरे वडा नं १ को जांतेमोड स्थित खेल मैदानमा सो टुर्नामेन्ट सम्पन्न भएको हो । एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले सो प्रतियोगिता अन्तर्गत भलिबल तथा फुटबल प्रतियोगिताका विजयी विद्यालयहरूका छात्र– छात्राहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । गत माघ ०२ गतेदेखि संचालित उक्त टुर्नामेन्ट अन्तर्गतको भलिबल ( छात्रा) तर्फ
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित ‘पाँचौँ अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि, मङ्गलटार विजयी भएको छ। चार दिनसम्म चलेको प्रतियोगितामा पिपलडाँडाले ६ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै शिल्ड पक्का गरेको हो। हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयको संयोजनमा नगरपालिकाले आयोजना गरेको यस प्रतियोगितामा पिपलडाँडाले ह्याट्रिक जित हासिल गर्दै शिल्ड आफ्नो बनाउन सफल भयो। खेल संयोजक मिलन कसजुका अनुसार पिपलडाँडाले यसअघि दुईपटक लगातार शिल्ड जितिसकेको थियो। ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको प्
इटहरी । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्
इटहरी । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया माविकी छात्रा सिमरन सफल मैनाली द्वितीय भइन् । त्यस्तै सत्यनारायण माविकी छात्रा उमा न्यौपाने तृतीय हुँदा मिल्स माविका रोहित बैठाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । साहित्यकार हरि कट्टेल र स्वीकृ
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए। प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई ३५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । खेल नकाउटका आधारमा हुनेछ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.