धरान / नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको अध्यक्षमा रन्जित शाहको नेतृत्वमा १७ सदस्य कमिटी चयन भएको छ ।
नेकपा एमाले धरान पार्टी कार्यालयमा भएको नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको पुनर्गठन कार्यक्रम कोशी प्रदेश सभा सदस्य विजय राई को प्रमुख अतिथ्यता तथा नेकोस स्थायी कमिटी तथा पार्टी प्रदेश कमिटी सदस्य धरान इन्चार्ज सन्तोषी श्रेष्ठ, नेपाल खेलकुद महासङ्घ स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज भेसराज कार्की, नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा रन्जित शाहको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्ष शुभम राई सचिवमा आशिष मगर सहसचिवमा विवेक राई र राजेश राई, कोषाध्यक्षमा लक्ष्मी त्यस्तै सदस्यमा निमा तामाङ, गणेश तामाङ, बुङ्वा राई, सविता योगी, सौरभ सापकोटा, विवेक लिम्बु,पुनम राई, हुकमेन राई सहित १७ सदस्य समिति गठन भएको छ ।

कार्यक्रममा नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजंग एभेङ, सचिव राजेन्द्र कुमार राई, नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य किशोर सम्वाहाम्फे, प्रवेश तेक्वान्दो संघका महासचिव गोपाल राई लगायत स्थानीय खेलाडीहरूको उपस्थितिमा भएको थियो।


